१७ असार २०८१ सोमबार
image/svg+xml
कला

नेपाल मेरा लागि दोस्रो घर होः भारतीय अभिनेत्री जयप्रदा

बलिउड अभिनेत्री जयप्रदा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन्।

बिहीबार काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले यस्तो बताएकी हुन्।

उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको जिकिर गरिन्।

‘बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ। यस धर्तीलाई म प्रणाम गर्दछु। आज मलाई नेपाल आएर आफ्नो देशको तर्फबाट धारणा राख्दा गर्वको महशुस भएको छ। एक दिनमा मात्रै हामी यति ठूलो नाम बनाउन सक्दैनौँ। यो वर्षौंको मेहनतबाट बनेको नाम हो। यसमा हाम्रो परिवारको पनि त्यत्तिकै साथ छ। मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो।’

उनले नेपाल-भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन्। आफू तीन पटक सांसद बनेको भएपनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको उनकाे भनाइ थियाे।

प्रकाशित: १३ असार २०८१ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App