१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा दुई र डिजेलमा पाँच रुपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६४ दशमलव ५० कायम गरिएको छ।

त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य एक सय ५४ दशमलव ५० कायम गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६६ कायम भएको छ।

डिजेल र मट्टिटेलको मूल्य एक सय ५६ कायम भएको छ। तेस्रो वर्गअन्तर्गत काठमाडौ‍ँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ।

प्रकाशित: १६ असार २०८१ २१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App