१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

बालेनले हराउने चर्चा ‘दिउँसै देखेको सपना’ हो, २५ हजार बढी मतान्तरले जित्छु: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू पराजित हुने भन्ने चर्चा विरोधीहरुको सपना र कल्पना भएकाे बताएका छन्।

नेकपा बहुमतका महासचिव बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

फ्यानलाई नम्रताको ‘सरप्राइज’ : सुटुक्क बिहे

कुनै समय बिहे नगरी बच्चा जन्माउने इच्छा राखेका कारण उनी चर्चामा आएकी थिइन्। सोहीकारण अहिले व्यङ्ग्यको सिकार पनि बनिरहेकी छिन्।

आज राति देशका केही स्थानमा पानी पर्ने सम्भावना

भोलि (शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

चुनावका दिन पोखरामा उड्ने छैनन् जहाज

यसअघिका निर्वाचनमा अन्तर्राष्ट्रिय उडान संचालन हुँदै आएपनि आन्तरिक उडान भने संचालन हुने गरेका थिएनन। तर, यो पटक आन्तरिक उडान पनि संचालन गर्न निर्वाचन आयोगले अनुरोध गरेको छ। आयोगले आन्तरिक उडान संचालन गर्न भनेपनि हवाई कम्पनिले भने यात्रु अभाव र व्यवस्थापनमा अहसज हुने भन्दै निर्वाचनका दिनका लागि कुनैपनि गन्तव्यमा आन्तरिक उडान तालिका राखेका छैनन।

संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष

नेकपाले संविधान कार्यान्वयनको समीक्षा एवं पुनरावलोकन गरी शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत विभिन्न विषय परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

देशभरका सबै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ।

ट्राफिक व्यवस्थापन सम्हाल्न मैदानमा उत्रिए ‘निर्वाचन प्रहरी’ (तस्बिरसहित)

उपत्यकाका ट्राफिक प्रहरीलाई निर्वाचनका लागि उपत्यकाबाहिरका विभिन्न जिल्लामा खटाएपछि निर्वाचन प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको हो।

जापानमा भित्तेचित्र कोरेको आरोपमा वृद्ध पक्राउ

जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

पार्टी छाडेकाहरुलाई भोलि नै फर्काउन सक्छौंः राप्रपा उम्मेदवार थापा

राप्रपा भक्तपुर क्षेत्र नं २ का उम्मेदवार विक्रम थापाले आफनो पार्टी छाडेर एमाले प्रवेश गरेका साथीहरुलाई आफूहरुले चाहे भोलि नै पार्टीमा फर्काउन सक्ने दावी गरेका छन् ।

४८ थान नेपाली राहदानीसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका १ का ४५ वर्षका तारा चन्द चौधरीलाई पक्राउ गरेको हो।

निर्वाचन सुरक्षालाई त्रुटीरहित गर्न प्रधानसेनापतिको निर्देशन

छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ। सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थियो।

‘अहिले कसैसँग समीकरण हुँदैन, २३ गतेको घटनामा ओली-देउवाले जिम्मेवारी लिनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल कसैसँग पनि सत्ता समीकरण वा चुनावी गठबन्धन नहुने स्पष्ट पारेका छन्।

४८ थान नेपाली राहदानी विदेश लैजाने खोज्ने पक्राउ

प्रहरीले ४८ थान नेपाली राहदानी वाह्‍य मुलुकतर्फ लान लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

टि-२० विश्वकप : दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजले दियो १७७ रनको लक्ष्य

अहम्दाबाद स्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्