१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

४८ थान नेपाली राहदानी विदेश लैजाने खोज्ने पक्राउ

प्रहरीले ४८ थान नेपाली राहदानी वाह्‍य मुलुकतर्फ लान लागेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–१ स्थायी घर भएका ४५ बर्षका तारा चन्द चौधरी रहेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले  भुटान एयरलाइन्सको उडान नं. बी३७७३ बाट दिल्ली जान लागेको अवस्थामा पक्राउ गरिएको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियाको एक्स रे मेसिनमा स्क्यानिङ गर्ने क्रममा उनको झोलाबाट नेपाली राहदानी ४८ थान वाह्‍य मुलुकतर्फ लान लागेको अवस्थामा फेला परेको थियो ।

चौधरीलाई पक्राउ गरि थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १४ फाल्गुन २०८२ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App