१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रिद्धिसिद्धी ज्वेलर्सविरुद्ध सुनचाँदी व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

रिद्धिसिद्धी ज्वेलर्सविरुद्ध सुनचाँदी व्यवसायी प्रदर्शनमा उत्रेका छन्। ज्वेलर्सले सस्तो लोकप्रियताका लागि विज्ञापन गरेको भन्दै व्यवसायीहरु बुधबार  प्रदर्शनमा उत्रेका हुन्।

पछिल्लो समय ज्वेलर्सले ल्याएको अफरले कालीगढहरुप्रति नै शंखा उब्जेको उनीहरुले बताएका छन्। ‘सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१’ को नाम दिँदै  उनीहरुले प्रदर्शन गरिरहेका छन्।

रिद्धिसिद्धि ज्वेलर्स प्रा।लिका नामबाट सञ्चालित न्युरोडको विशालबजारस्थित पसल नम्बर १ र १० ले ग्राहकलाई ज्याला र जर्तीमा भारी छुट दिने भन्दै विज्ञापन निकालेको थियो।

यसले समग्र सुन व्यवसायमा नै संकट उत्पन्न हुने र यो कम्पनीले अवैध रूपमा भित्र्याएको सुन स्टक सक्ने प्रयास गरेको उनीहरूको आरोप छ।    

प्रकाशित: १२ असार २०८१ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App