१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडासंग नेपाल पराजित

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल क्यानडासंग पराजित भएको छ । क्यानडाले नेपाललाई १४ रनले पराजित गरेको हो ।

क्यानडाले पहिला व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनाएको थियो ।   जवाफमा नेपालले १९ ओभरमा १०९ रन बनाउँदा सबै विकेट गुमाएर खेल १४ रनले हार्न पुग्यो ।

नेपालका लागि सबै भन्दा बढि कप्तान रोहित पौडेलले  ३९ बलमा २ छक्का र २ चौक्का सहित ३७ रन बनाए ।  कुशल मल्ल  १२ ,  देव खनाल ११ र सन्दीप लामिछाने १० रन बनाएर आउट भए ।  

त्यसैगरी अनिल शाहले ९ रन आसिफ शेख ८ ,कुशल भुर्तेलले  ७ दिपेन्द्र सिंह ऐरी ६ सोमपाल कामी १ तथा करण के।सी ५ रन बनाएर रन आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन विकेट लिए । त्यसैगरी दिपेन्द्रसिंह ऐरी र पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले समान एक विकेट लिए ।आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग पहिलो खेलमा १०३ रन र दोस्रो खेलमा ५ विकेटले पराजित भएको थियो ।   

प्रकाशित: १३ आश्विन २०८१ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App