१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ’

फाइल।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

महाधिवेशनमा बोल्दै उनले भने ‘एउटा दल छ। जसलाई कसरी हुन्छ आफ्नो सभापतिलाई सहकारी ठगीकाे कारबाही प्रक्रियाबाट जोगाउन सकियोस् भन्ने मात्र छ। एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ।’

उनले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए। ‘अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्यूलाई जोगाउन सकियोस् भन्ने छ।’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको उनको जिकिर थियो। प्रधानमन्त्री दाहाललाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको उनले बताए।

‘प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ। प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्ने कुरा बिर्सिनुभएको छ। प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ।’

उनले देश गलतबाट तर्फ मोडिएको तर्क गरे। ‘देश कहीँ न कहीँ आशाको सम्भावनाको मोडमा छ। हामी सरकारमा छैनौँ, त्यसकारण सबै देश गलत बाटोमा गइरहेको छ भन्ने होइन। देशले आर्थिक रूपान्तरणको एउटा गति लिने सम्भावनाको मोडमा रहेको छ। इतिहासको सबैभन्दा सुन्दर घडीमा छ नेपाल भन्न सकिन्छ।’

कांग्रेसले देशलाई हिंसाबाट शान्तिमा ल्याएको उल्लेख गर्दै उनले भने कांग्रेसले हो, हिंसाबाट शान्तिमा ल्याएको। कांग्रेस हो, जसले समानुपातिक, सहभागिता सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गरेको। आशावादी भएर हेर्न सक्ने सम्भावनाहरू छन्। नागरिकको निराशालाई चिरिराखेर आशा र भरोसा दिलाउन सक्नुपर्छ।’

प्रकाशित: ११ असार २०८१ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App