३ असार २०८१ सोमबार
image/svg+xml
समाज

कर्णालीमा ७२ जना कोरोना संक्रमित थपिए

कर्णालीमा बिहीबार मात्रै ७२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा ४५ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा २७ जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार चार सय सात पुगेको छ । बिहीबार दैलेखका १८, सुर्खेतका १२, कालीकोट तीन र बझाङका दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, ताप्लेजुङ र बाजुरामा चार÷चार, लमजुङ, रामेछाप, गोरखा, ओखलढुंगा, इलाम, बैतडी, रामेछाप र धादिङमा दुई/दुई जनामा कोरोना पुष्टि भएको छ ।  

त्यस्तै जुम्ला, सल्यान, कैलाली, दाङ, गुल्मी, कञ्चनपुर, काठमाडौं, खोटाङ र पाल्पामा एक/एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार बिहीबार मात्रै एक सय २४ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ६ सय ९२ पुगेको छ ।

प्रकाशित: ११ असार २०७७ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App