३ असार २०८१ सोमबार
image/svg+xml
समाज

घरबेटीले पिसिआर परीक्षण गर्न दवाव दिन नपाइने

गृह मन्त्रालयले उपत्यकाका घरबेटीलाई डेरावाललाई अनिवार्य पिसिआर परीक्षण गर्न दवाव नदिनको लागि निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक पे्रस ब्रिफिङको क्रममा सो सूचना जानकारी गराइएको छ । उपत्यकाका घरबेटीहरूले डेरा वस्ने प्रत्येकलाई कोरोना भए/नभएको प्रमाणपत्र हेर्नको लागि पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।  

यसरी अस्पताल पुगेका हरेक डेरावालले पिसिआर परीक्षणको माग बढेपछि शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक जोखिममै नभएका विरामीको समेत भीड लागेको छ । बुधबार पनि ९ सय पिसिआर परीक्षणको लागि पुगेको शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । उपत्यकामा लकडाउन  खुलेपछि यो  अस्पतालमा दैनिक ८ देखि ११ सय जना परीक्षणको लागि पुगेका छन् ।  

अस्पतालमा आउने विरामीको चाप थेग्न नसकेपछि र पिसिआरको माग व्यवस्थापन गर्न नसकेपछि अस्पतालले मंगलबार गृहमन्त्रालयलाई समस्या जानकारी गराई घरबेटी तथा प्रहरी प्रशासनलाई सूचना सम्पे्रषण गर्नको लागि अनुरोध गरेको थियो । सोही अनुसार बुधबारै गृहमन्त्रालयले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिई घरबेटीले उपत्यका वाहिरवाट आउनेको हकमा १५ दिन होम क्वारेनटाइनमा राखेपछि मात्र अस्पताल पठाउने र चिकित्सकको सल्लाहमा मात्र पिसिआर परीक्षण गर्न निर्देशन दिंनेछ ।  

‘चिकित्सकले व्यक्तिको लक्षण तथा जोखिम स्थिति हेरेर मात्र पिसिआर परीक्षणको लागि सिफारिश गर्ने सरकारको मापदण्ड छ, आएजति सवैले पिसिआर परीक्षणको माग गर्छन् ’ निर्देशक राजभण्डारीले भने । सवैको दवावमा परेर पिसिआर परीक्षण गर्दा वास्तवीक विरामी परीक्षणवबाट वंचित हुने सम्भावना रहेको डा. भण्डारीले बताए ।

घरबेटी वाहेक प्रहरी, अदालत,नेताहरू समेत पिसिआर अनिवार्य गनै दवाव दिने समुह रहेको अस्पतालले जनाएको छ । अदालतले वयान दिन वोलाउने प्रहरी हिरासतमा रहेका र कर्मचारीलाई पिसिआर परीक्षणको लागि माग गर्ने गरेको छ भने उपत्यका वाहिर गएका सांसद तथा नेताहरू पनि पिसिआर परीक्षण माग गर्ने समुहमा पर्छन् । अस्पतालका अनुसार परीक्षण भएका मध्येमा १० प्रतिशत दवावका परीक्षण छन् ।  

सार्वजनिक स्थलमा  जनस्वास्थ्य मापदण्ड पुरा गर्नु  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलहरूले जनस्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयको नियमित पे्रस बि«फिङको क्रममा प्रवक्ता जागेश्वर गौतमले सवै निकायले यी मापदण्ड पालना गरेर मात्र कर्मचारीलाई काममा लगाउन अनुरोध गरेका छन् । मापदण्ड अनुसार संक्रमण फैलिनवाट रोक्नको लागि सार्वजनिक स्थलमा कम्तीमा २ मीटरको दुरी कायम गर्ने, घरवाहिर जाँदा सर्जिकल माक्सको प्रयोग गर्ने, कपडाको भए तीन तहको माक्स लगाउने, सवै कार्यालयहरूले सेनिटाइजर राख्नु पर्नेछ ।  

त्यसै गरी  फेस रिडिङ हाँजिरीको व्यवस्था गर्ने, कार्यालयमा पस्नु अघि हात धुनको लागि अनिवार्य रुपमा सावुनपानीको व्यवस्था हुनु पर्ने, प्रत्येक दिन कर्मचारीको थर्ममिटरले ज्वरो नाप्ने व्यवस्था  हुनु पर्ने, श्वास–प्रश्वासमा समस्या भएका कर्मचारीलाई काममा लगाउन नपाइने, कार्यालयका ढोका,चुक्कुल,टेवुल जस्ता पटक–पटक प्रयोग हुने स्थलको दैनिक निसंक्रमण गर्ने, वेसिनमा व्स नराख्ने लगायतका नियम पालना गर्नु पर्नेछ ।

प्रकाशित: ९ असार २०७७ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App