६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘सबै जिल्लामा पिसिआर परीक्षण र १० हजार भेन्टिलेटर व्यवस्था गर’

प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले सबै जिल्लामा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन र तत्काल १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको भर्चुअल बैठकले भेन्टिलेटरको आवश्यक व्यवस्था र तत्काल ७७ वटै जिल्लाका सदरमुकामबाट पिसिआर परीक्षण नगर्ने हो भने कोरोनाको संक्रमणले स्थिति भयावह हुने निष्कर्ष छ।  

समितिले कोभिड–१९ बाट संक्रमित बिरामीको संख्या व्यापक रूपमा बढेकाले तत्काल १० हजारको संख्यामा भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्ने एवं यस्ता उपकरणको समानुपातिक ढंगले वितरण गर्न भनेको छ। समितिले ‘कोभिड बाहेकका रोगका बिरामीको उपचार गर्नर्तर्फ सरकारले गम्भीरतापूर्वक ध्यानदिनुपर्ने र यसको व्यवस्था देशभरिका अस्पतालमा मिलाउन भनेको छ। समितिले गम्भीर भएर जनताको स्वास्थ्य उपचारमा लाग्नसमेत सरकारलाई निर्देशन दिएको छ। कोरोना डेडिकेटेड अस्पतालको संख्या तत्काल वृद्धि गर्न पनि समितिले निर्देशन दिएको छ। 

प्रकाशित: ६ भाद्र २०७७ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App