जंगली च्याउ खाँदा चारजनाको मृत्यु

विषादी जंगली च्याउ खाएर बिरामी भएका जाजरकोटका थप तीनजनाको मृत्यु भएको छ । साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो ।