महाकाली नदीका किनाराका बासिन्दा नदीको दूषित पानी पिउँदै आएका छन्। महाकाली नदीको पानीमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पीएच नामको रसायन अत्यधिक रहेको पाइएको छ। महाकाली किनारका बासिन्दाले नदीकै पानी प्रयोग गरिरहेकाले पानीको गुणस्तर मापन गर्दा यस्तो पाइएको हो। बैतडीको दशरथचन्द नगरपालिका–६, तिरखडेनी, पञ्चेश्वरको बलारा र शिवनाथ गाउँपालिकाको क्षेत्रमा नदीको पानीको गुणस्तर मापन गरिएको हो।
आइसोलेसन तोडफोडका मुख्य नाइके पक्राउ
सङ्खुवासभामा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन्।
भक्तपुरमा भेटिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित
भक्तपुरमा एकैदिन शनिबार अहिलेसम्मकै सवैभन्दा बढी ५० जना कोरोना संक्रमित भेटिएका छन् ।
भक्तपुरमा मनाइयो 'चोरीको पर्व'
चोरीको पनि पर्व हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर शनिबार भक्तपुरमा चोरीको पर्व चोथा मनाइएको छ । घरघरमा भगवान श्री गणेशको पूजा गरी गणेश चतुर्दशी अर्थात् चोथा पूजा गरिएको हो ।
अस्पताल धाउँदा धाउँदै वडाध्यक्षको निधन
समयमै अस्पताल पुर्याएपछि भेन्टिलेटरको अभावमा सुनसरी कोशी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष हिरालाल यादवको निधन भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो।
संक्रमितलाई सिडिओले भने 'लक्षण देखिने बित्तिकै अस्पताल लैजान्छौँ, ढुक्क हुनुहोला'
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा हिमा गाउँपालिकामा बनेको आइसोलेसनमा पुगे । उनी पुग्दा संक्रमितको एउटै माग थियो,‘हामीलाई अस्पतालसम्म लैजानु पर्यो ।
राप्तीको बाढीले खेतीयोग्य जमिन तीव्र कटान, गाउँ उच्च जोखिममा
राप्ती नदीले कटान तीव्र पारेपछि बाँके, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका लालबिहारी थारु चिन्तामा छन् । वर्षभरीको खर्च धान्ने खेतबारी नै नरहेपछि उनलाई चिन्ता बढेको हो ।
दोलखामा दुई प्रहरीसहित ६ जना संक्रमित
गौरीशंकर गाउँपालिका पछि दोलखाको सदरमुकाम चरिकोट आसपासका क्षेत्रमै कोरोनाका संक्रमित देखिन थालेका छन्। भीमेश्वर नगरपालिका क्षेत्रबाट ६२ जनाको स्वाब संकलन गरी पठाईएकोमा शनिबार दिउसो आईपुगेको परिक्षण रिपोर्ट अनुसार नगरको चरिकोट आसपासका क्षेत्रमा ६ जनामा संक्रमण देखिएको हो।
प्रहरीद्वारा १६ लाख नेपाली रुपैयाँ बरामद
महागढीमाई नगरपालिका ७ बेनौलीबाट सवारी साधन चेकजाँचको क्रममा शनिबार १६ लाख नेपाली रुपैयाँ बरामद गरेको बारा प्रहरीले जनाएको छ।
लापरबाहीले फैलदैँ कोरोना
गत चैतको पहिलो सातादेखि नै जुम्लामा कोरोनाविरुद्धको सचेतना फैलाउन शुरु गरियो । यो समय काम तथा ब्यापारको शिलशिलामा जिल्लाबाहिर निस्केकाहरु घर फर्कदै थिए ।
प्रदेश १ मा थपिए १ सय २ कोरोना संक्रमित
प्रदेश १ मा शनिबार १ सय २ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।
६ वर्षीया बालिकासहित थप ९ जना संक्रमितकाे मृत्यु
२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप ६३४ जनामा कोरोना संक्रमण
नेपालमा शनिबार थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ५१९ जनाको पीसीआर परीक्षणमा ६३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण
उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।
धादिङमा पाँच वर्षमा ४ सय १४ जनाको मृत्यु
धादिङमा विगत पाँच वर्षको अवधिमा सवारी दुर्घटनामा परि चार सय १४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार यस अवधिमा आठ सय ९२ सवारी दुर्घटना भएका छन्।
निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह
कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ।
दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि
मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।
कास्कीमा निषेधाज्ञा खुकुलो बनाउने तयारी
कास्कीमा निषेधाज्ञाको नयाँ मोडालिटीबारे छलफल सुरु भएको छ। कास्कीमा हाल लगाइएको निषेधाज्ञा खुकुलो बनाउने मोडालिटीको खोजी सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ ३ गते मध्यरात १२ बजेदेखि कास्कीमा लगाएको निषेधाज्ञा आईतबार मध्यरात १२ बजेदेखि सकिदैछ ।
नदीको दूषित पानी पिउँदै
महाकाली नदीका किनाराका बासिन्दा नदीको दूषित पानी पिउँदै आएका छन्। महाकाली नदीको पानीमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने पीएच नामको रसायन अत्यधिक रहेको पाइएको छ। महाकाली किनारका बासिन्दाले नदीकै पानी प्रयोग गरिरहेकाले पानीको गुणस्तर मापन गर्दा यस्तो पाइएको हो। बैतडीको दशरथचन्द नगरपालिका–६, तिरखडेनी, पञ्चेश्वरको बलारा र शिवनाथ गाउँपालिकाको क्षेत्रमा नदीको पानीको गुणस्तर मापन गरिएको हो।
खोलाले बगाएर बालिकाको मृत्यु
राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन्।
शनिबारदेखि साेमबारसम्म यस्तो छ वर्षाको सम्भावना
महाशाखाका अनुसार आज शनिबार दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आइसोलेसनमा मृत्यु भएकाको कोरोना नेगेटिभ
बिहीबार मोरङको पथरीशनिश्चेरबाट उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याइएका एक बेवारिसे पुरुषको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ।
दोलखाको गौरीशंकरमा सुत्केरी र बालिकामा देखियो कोरोना
समुदायमै कोरोना भाईरस फैलिएको दोलखाको गौरीशंकर गाउँपालिकामा बालिकादेखि सुत्केरी सम्मलाई संक्रमण भेटिएको छ। गाउँबाट पठाईएका १ सय ७६ जनाको स्वाब मध्ये शुक्रबार १ सय ४१ जनाको परिक्षण रिपोर्ट आउँदा ४ जनामा संक्रमण देखिएको हो। यस अघि गाउँपालिकामा ७ जना संक्रमित फेला परिसकेका छन्।
पूर्वप्रधानमन्त्री नेपालका पीएसओसहित ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीलाई संक्रमण भएको छ।
लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।