१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

अस्पताल धाउँदा धाउँदै वडाध्यक्षको निधन

समयमै अस्पताल पुर्‍याएपछि भेन्टिलेटरको अभावमा सुनसरी कोशी गाउँपालिका वडा नं.  २ का वडा अध्यक्ष हिरालाल यादवको निधन भएको छ। घरमै बसिरहेको बेला शनिबार दिउँसो हर्टअट्याक भएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो।  

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अनसारीका अनुसार उपचारका लागि यादवलाई तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान पुर्‍याएकोमा त्यहाँ कोरोना भाइरसका कारण भेन्टिलेटर अभाव हुन पुग्यो। चिकित्सकले विराटनगर लान रिफर गरेकोमा त्यहाँ पनि भेन्टिलेटर कै समस्या भएर विर्तामोड लाने तयारी गर्दा गर्दै निधन भएको अनसारीले बताए।  

विकासप्रेमी वडाध्यक्ष गुमाएकोमा कोशी गाउँपालिका परिवार मर्माहत भएको बताउदै गाउँपालिका अध्यक्ष अनसारीले मृत वडाध्यक्षप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७७ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App