‘धेरैसँग यौन सम्पर्क गर्नेलाई पाठेघरको मुखको क्यान्सर’
महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्।
महिलालाई सताउने विकराल समस्या हो– पाठेघरको मुखको क्यान्सर। जसका कारण धेरै महिलाले ज्यानसमेत गुमाइसकेका छन्।
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्।
आधुनिक र विश्वासिलो बैंक बनाउने योजना अनुरुप अगाडि बढेका उनले जनता बैंकलाई नेपाली जनताको बैंक बनाउने उद्घोष गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका अर्घाखाँची सिमेन्टका सञ्चालक हुन्। मुरारका सिमेन्टलगायत विभिन्न उद्योगमा आबद्ध छन्। नेपालमा पूर्वाधार निर्माणअन्र्तगत सडक, सिँचाइ, जलविद्युत् आयोजना, सहरीकरण बढेकाले सिमेन्टको बजार पनि बढिरहेको छ।
सरकार सञ्चालन गर्न आवश्यक संरचना र नीति, नियमको पनि अभाव छ। संघीय सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहेको छैन। तथापि उपलब्ध स्रोत–साधन र तत्काल सम्भव नियम, कानुन बनाएर प्रदेश सरकारलाई क्रियाशील बनाइरहेका छौँ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्राडा शशांक कोइरालाले शेरबहादुर देउवा फेरि पार्टीको सभापति नहुने बताएका छन्। बुधवार साँझ नागरिक फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै महामन्त्री कोइरालाले अर्काेपटक देउवा नै सभापति हुने बुझाई गलत भएको बताए।
सर्वसम्मत रुपमा संघको अध्यक्षमा चयन हुनु नै मेरो लागि महत्वपूर्ण विषय हो। त्यसकारण संघको उदेश्य र सधारणसभाबाट पारित अजेन्डा नै मेरा प्राथमिकताकामा पर्नेछन्। नेपालमा चामल, दाल र तेलका चार हजार उद्योग छन्। ती उद्योगको लगानी र क्षमताको सदुपयोग गरी चामल, दाल र तेलजस्ता दैनिक उपभोग्य खाद्यवस्तुमा देशलाई आत्मनिर्भर बनाउनुपर्छ।
सुन्दरहरैंचा नगरपालिका मोरङका भोला दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ)का प्रबन्ध निर्देशक हुन्। करिब दुई दशकको व्यावसायिक यात्रामा सफल उद्यमीको रुपमा स्थापित दुलाल करिब दुई दर्जन उद्योग, व्यवसायमा आवद्ध छन्।
फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडो एसिया प्यासिफिक समिट २०१८ मा भाग लिन यति बेला काठमाडौंमा आइपुगेकी छन्। नागरिकका प्रधानसम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक सुबास घिमिरेले उनीसँग नेपाल र फिलिपिन्सबीचको आर्थिक सहयोगलगायतका सामयिक विषयमा शुक्रबार साँझ गरेको कुराकानी।
शिखर इन्स्योरेन्स कम्पनी नेपालको १५औं निर्जीवन बिमा कम्पनीको रुपमा स्थापना हुँदा नेपालको कुल निर्जीवन बिमा बजार जम्मा २७० करोड रहेको थियो । हाल नेपालको कुल निर्जीवन बिमा बजार करिब २३०० करोडको हाराहारीमा रहेको छ । कम्पनी स्थापनाको पहिलो सय दिनमा हामीले १० करोडको बिमा शुल्क संकलन गरेका थियौं भने हाल १५औं वर्षमा प्रवेश गर्ने क्रममा चालु आर्थिक वर्षको पहिलो सय दिनमा हामीले सय करोड कुल बिमा शुल्क संकलन गर्न सफल भएका छौं।
सबै बालबालिकाले उनीहरुसँग रहेको सामथ्र्य पूरा गर्ने अवसर निश्चित गर्नका लागि सामूहिक नेतृत्वको विकास गरिरहेको स्वतन्त्र संगठनहरुको विश्वव्यापी सञ्जाल ‘टिच फर अल’का सहसंस्थापक र प्रमुख कार्यकारी निर्देशक हुन्, वेन्डी कुप ।
स्वदेशमा रोजगारी नपाएको भन्दै दैनिक सरदर ११–१२ सय युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट वैदेशिक रोजगारीलाई कम गर्ने अभियानमा छन्।
चालिस बर्ष भन्दा बढी समय प्राध्यापन पेशामा संलग्न रहेका माधव आचार्य मुलतः सामाजिक अपराध शास्त्री हुन । समाजमा हुने हरेक अपराधको विषयमा सुक्ष्म विश्लेषण र अनुसन्धान गर्ने आचार्यसँग सामाजिक अपराध बढ्नुको कारण बारे गरेको कुराकानीका मुख्य मुख्य अंशहरु यहाँ प्रस्तुत गरिएको छ।
कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकमा अधिकृतस्तरको कर्मचारीको रुपमा २०४५ सालमा सेवा प्रवेश गरी करिब चार वर्षअघि कार्यकारी निर्देशकको पदबाट अवकाश लिएका हुन् ।
डिम्बाशयको क्यान्सरका लक्षणहरु ग्यास्ट्राइटिससँग मिल्दोजुल्दो हुने भएकाले धेरै महिला झुक्किने गरेका छन्। तल्लो पेट दुख्ने, ढाड दुख्ने, छिटोछिटो पिसाव लाग्ने, पेट डम्म हुने जस्ता यो रोगका लक्षण ग्यास्ट्राइटिस (बोलीचालीमा ग्यास्ट्रिक) सँग मिल्दोजुल्दो हुने भएकाले धेरैले यसलाई बेवास्ता गरेका हुन्छन्।
असुरक्षा बढ्दो छ। बलात्कारका घटना बढिरहेका समाचार आइरहेका छन्। प्रहरीमाथि थुप्रैका थुप्रै आशंका छन्। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापासँगको कुराकानी :
देवेन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्। बैचारिक र अध्ययनशील नेताको छवी बनाएका पौडेल संघीय संसदका सदस्य समेत छन्। पौडेलले सरकारका काम र पार्टीका तल्ला कमिटीको एकतामा देखिएको ढिलाईबारे नागरिकन्यूजका लागि श्रीराम पौडेलसँग समीक्षा गरेका छन्।
गोविन्द गुरुङ प्रमुख कार्यकारी अधिकृत सिभिल बैंक लिमिटेड २२ वर्षको बैंकिङ अनुभव सँगालेका गोविन्द गुरुङले १३ महिनादेखि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी सम्हाल्दै आएका छन्।
मुलुक औपचारिक रूपमा संघीयतामा प्रवेश गरेसँगै तीनवटा सरकार (स्थानीय, प्रदेश र संघीय) बनेका छन्। तीन तहको सरकार बने पनि अहिलेसम्म जनताले भने खासै संघीयताको अनुभूति गर्न पाएका छैनन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध संस्था (भिएलएन, आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि विगत तीन महिनादेखि मलेसियाको रोजगारी ठप्प छ।
करिब पाँच महिनाअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका थिए।
रमेशनाथ पाण्डे विगत ६३ वर्षदेखि शासक–शक्तिमाझ निरन्तर सक्रिय छन्। व्यवस्था अनेक बदलिए, नेतृत्व अनेक आए–गए, तर उनी सबै व्यवस्था र सबै पार्टी–नेताबीच चिनिएकै छन् । परराष्ट्र मन्त्री, सञ्चारमन्त्रीसमेत भएका उनी ‘कूटनीति र राजनीति’ किताबपछि अब ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा ल्याउँदै छन्।
मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै यही भदौ १ देखि लागू भएको देवानी तथा फौजदारी संहितामा धेरै पक्षबाट आलोचना भइरहेको छ। तर, राष्ट्रियसभा सदस्य तथा देवानी उपसमिति (संहिता) संयोजक राधेश्याम अधिकारी यसको जमेर बचाउ गरिरहेका छन्। उनीसँग नागरिककर्मी भाषा शर्माको संवाद :