७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
प्रशान्त लामिछाने
सन् २००७ देखि पत्रकारितामा सक्रिय लामिछाने नागरिक न्यूजका समाचार संयोजक हुन्। उनी सामाजिक, राजनीतिक विषयमा कलम चलाउँछन्।

प्रशान्त लामिछानेका लेखहरु :

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

संघीयताको मर्ममा प्रहार गर्ने प्रयास भएको छ : तिलक परियार

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ।

सन्तोष साह : सिरहादेखि बीबीसी मास्टर सेफ यात्राका आरोह अवरोह

सायद एसएलसी परीक्षा उत्तिर्ण भएको भए सन्तोष साहको जीवनले नयाँ मोड लिने थियो। तर उनले आफ्नो शैक्षिक जीवनमा त्यो सपना पुरा गर्न पाएनन्। घरको आर्थिक अवस्थाका कारण उनलाई सानै उमेरमा दवाव पनि थियो।

जब चिनीले रुवाउँछ...

गत वर्ष यहीबेला उखु किसान काठमाडौं आएका थिए। उनीहरुको एउटै मात्र माग थियो, 'हाम्रो उखु किन्ने पैसा दिनुपर्यो।' मिलका मालिकले किसानको उखु पेलेर चिनी निकाले, चिनी बेचेर नाफा पनि निकाले।

सरकारको ढिलासुस्ती, सगरमाथा मापन गर्ने टोलीले अझै पाएन पुरस्कार रकम

सर्वोच्च शिखर सगरमाथाको उचाई मापन नेपाली प्राविधिक टोलीले सम्पन्न गर्यो। २०७२ को भूकम्पपछि सगरमाथाको उचाईमा बदलाव आएको हुनसक्ने अनुमान गरिएको थियो। अनुमान जस्तै सगरमाथाको उचाई केही बढेको पाइयो।

कमानसिंह लामा : राजनीतिदेखि कूटनीतिसम्म

कमानसिंह लामाका अनेक व्यक्तित्व थिए। मूलतः उनी कम्युनिस्ट आन्दोलनका एक निष्ठावान् सिपाही थिए। तर उनको व्यक्तित्व यतिमा मात्र सीमित भएन। आफ्नो जीवनको अन्तिम समयसम्म सक्रिय लामा एक कूटनीतिज्ञसमेत हुन् भने ‘करिअर’का सुरुवाती दिनमा कुशल शिक्षक।

साझा र विवेकशीलको एकता आज, यस्तो छ सहमति

विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकता घोषणा आज हुँदै छ। साझा पार्टीका शरदराज पाठकका अनुसार आज ३ : ३० बजे भर्चुअल माध्यमबाट एकताको घोषणा हुने छ।

शान्तिप्रक्रियाको चुनबाङ साइनो

१४ वर्ष पहिले आजकै दिन नेपालको इतिहासमा महत्वपूर्ण निर्णय भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डले युद्ध बिसाउने र नयाँ राजनीतिक दिशामा अघि बढ्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

किन गरे रअ प्रमुख गोयलले ‘सरप्राइज भिजिट’ ?

बुधबार मध्यान्ह करिव १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान ल्यान्ड भयो। उक्त विमानमा को को छन्? कति जना छन्? भन्नेबारे विमानस्थल कर्मचारीसमेत जानकार थिएनन्।

नागरिकका लागि कहाँ छ सरकार ?

आइबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा एउटा अस्वभाविक निर्णय सार्वजनिक भयो। कोरोना संक्रमितको परीक्षण र उपचार आफै गर्नु पर्ने सूचना थियो त्यो।

फेवाताल अतिक्रमणबारे सर्वोच्चले गरेको फैसला कहिले कार्यान्वयन हुन्छ ?

फेवाताल तिरन्तररुपमा अतिक्रमण भइरहेको छ। मानवीय र प्राकृतिकरुपमा यसको क्षयीकरण भइरहेको छ। समय समयमा फेवाताल संरक्षणका लागि कामहरु हुँदै आएका छन्। पछिल्लो पटक सर्वोच्च अदालतले २०७५ बैशाखमा १६ गते एउटा महत्वपूर्ण आदेश गर्यो। जसमा विश्व प्रकाश लामिछानेको अध्यक्षतामा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले २०६९ जेठ ३ गते बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न भनिएको छ।

पूर्वएमाले र माओवादी गुटको स्वार्थ नमिल्दा घिसिङको पुनर्नियुक्तिमा अन्योल

सोमबारको मन्त्रिपरिषद बैठकमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषय बिहानैदेखि चर्चा भइरहेको थियो। घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो।

फेवाताल अतिक्रमणबारे पोखरा महानगरको प्रतिवेदन प्रधानमन्त्रीलाई, मुआब्जा रकम ९ अर्ब चाहिने

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको सम्बन्धमा सर्बोच्च अदालतले गरेको फैसलालाई आधार बनाउँदै पोखरा महानगरपालिकाले तयार पारेको नयाँ प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईएको छ। सर्वोच्चले २ वर्ष अघि गरेको फैसलालाई आधार मान्दै ७ महिना लगाएर तयार पारेको प्रतिवेदन पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएका हुन्।

स्वामी अग्निवेशको नेपाल साइनो

स्वामी अग्निवेशलाई आर्यसमाजी भन्दा मात्र अन्याय हुन्छ। उनी भारतीय लोकतन्त्रमा बेलाबेला देखिने अतिवादविरुद्धका पहरेदार थिए भन्दा अतिशयोक्ति हुँदैन। उनै मानवतावादी व्यक्तित्व अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ। कलेजोको रोगबाट पीडित उनको उपचारकै क्रममा निधन भएको हो।

निजी ल्याबको कोरोना परीक्षणमा बिमा समितिको किन अविश्वास ?

गत हप्ता मात्रै कोरोना मुक्त भएर घर फर्केका एक बैंकका कर्मचारीले आफ्नो कोरोना बिमाको भुक्तानीका लागि बिमा गरेको कम्पनीमा दावी पेश गरे। तर उनले बिमा समितिको मापदण्ड थाहा पाएपछि अहिले बिमा रकम नपाइने हो कि भन्ने चिन्तामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्