१५ आश्विन २०७७ बिहीबार
अन्तर्वार्ता

‘स्कुल नखुले पनि हामीले बालबालिका पढाइरहेकै छौं’

पुष्पा बस्नेत, संस्थापक अध्यक्ष, पुतलीघर

आमाबाबासँग कारागारमा जीवन बिताउन बाध्य बालबालिकालाई आश्रय दिएर सबल नागरिक बनाउने अभियानमा होमिएकी अगुवा हुन्–पुष्पा बस्नेत। सन् २००५ मा स्थापित उनको संस्था प्रारम्भिक बाल विकास केन्द्रले काठमाडौंको बुढानीलकण्ठमा ‘पुतली घर’ नामक बालगृह चलाउँदै आएको छ। केन्द्रमा ३७ जना आश्रित छन्। समाजमा उदाहरणीय काम गरेस्वरूप उनले सन् २०१२ मा ‘सिएनएन हिरो’ उपाधि पाएकी थिइन्। त्यस्तै सन् २०१६ मा ‘सिएनएन सुपर हिरो’का रूपमा सम्मानित भइन्। तिनै समाजसेवी बस्नेतसँग कोभिड–१९ पछिको अबस्थाबारे नागरिककर्मी अमृत भादगाउँलेले गरेको कुराकानी:  

कोभिड–१९ सुरु भएसँगै तपाइँको दिनचर्या कसरी बितिरहेको छ?

पहिला सास फेर्ने फुर्सद हुन्थेन। अहिले फुर्सद पाएकी छु। हाम्रो पुतली घरका नानीहरूसँग दिन बिताइरहेकी छु। म काठमाडौं विश्वविद्यालयबाट मास्टर गर्दै छु, यही बीचमा थेसिस लेखेर पहिलो ड्राफ्ट बुझाउन भ्याएँ। लकडाउनमा मैले करेसाबारीका काम गरें। सिलाइबुनाइ गरें। पेन्टिङ पनि गरें। साथीभाइ र बुबा आमासँग भेटघाट गर्न भने पाइन।  

लकडाउन सुरु हुने अघिल्लो दिन जेलभित्र जन्मिएका शिशुका लागि सुत्केरी बाकस लिएर म पोखरामा पुगेकी थिएँ। त्यसैले त्यही रात १० बजे पोखराबाट काठमाडौंका लागि हिँडें। म फर्कंदा मान्छेहरू पोका पन्तुरा बोकेर हतारहतार काठमाडौं छाड्दै थिए।  

पहिल्यै लकडाउनको गाइँगुइँ हल्ला सुनिएको थियो। त्यसैले तीन महिनाका लागि खाना र औषधि स्टोर गरिसकेका थियौं। हाम्रो संस्थाको पन्ध्रौं वार्षिकोत्सव थियो, लकडाउनका कारण मनाउन पाएनौं।  

हामीले बालबालिकाको मनमा डर बस्न दिएका छैनौं। कलेज लेभलका विद्यार्थीले भने कोरोना महामारीबारे बुझेका छन्। उनीहरू कहिले खुल्ला र कहिले कलेज जान पाइएला भन्दैछन्। उनीहरूलाई हामीले धैर्य गर्न सिकाएका छौं।

बिहानको खाना खाँदै पुतली घरका बालबालिका।

लकडाउनका कारण तपाइँको संस्थामा आश्रित बालबालिकामा कस्तो मानसिक प्रभाव परेको छ?  

हामीले हाम्रो संस्थामा बाहिरका मान्छेको आवतजावत बन्द गरिदिएका छौं। हाम्रोमा टेलिभिजन हेर्ने सुविधा पनि छैन। त्यसैले ससाना बालबालिकाले कोरोनाका  

नकारात्मक समाचार सुन्न पाएका छैनन्। उनीहरू स्कुल जान नपाउँदा भने नियाँस्रो मानिरहेका छन् तर हामीले उनीहरूको मनमा डर बस्न दिएका छैनौं। कलेज लेभलका विद्यार्थीले भने कोरोना महामारीबारे बुझेका छन्। उनीहरू कहिले खुला, कहिले कलेज जान पाइएला भन्दैछन्। उनीहरूलाई हामीले धैर्य गर्न सिकाएका छौं। सबै बालबालिकाले सरसफाइमा अझै जोड दिएका छन्।  

बालबालिकाको मनबाट कोरोनाको डर कसरी हटाउन सकिन्छ?  

अभिभावकले जस्तो व्यवहार ग-यो बालबालिकामा त्यस्तै प्रभाव पर्छ। डर देखायो भने उनीहरूको मनमा डर बस्छ। त्यसैले वास्तविकता बुझाएर सुरक्षित रहने उपाय सिकाउनु पर्छ। हामीले समयसमयमा हात धुन सिकाएका छौं। सफाइमा जोड दिएका छौं। सबै जना घरभित्र सुरक्षित छन्। कुनै किसिमको अभाव नभएकाले पनि उनीहरूमा डर देखिएको छैन।  

कतिपय अभिभावकहरू छोराछोरीका समस्या बुझ्नुभन्दा मोबाइल फोन दिएर भुलाउनतिर लागेका छन्। बालबालिकालाई कसरी खुसी बनाउने, उनीहरूलाई कसरी व्यस्त राख्ने भन्ने कुरा हामीले जान्नुपर्छ। उनीहरूसँग साथीको जस्तो व्यवहार गरेर मनोविज्ञान बुझ्नुपर्छ।    

कति आमाबुबा आफू मास्क लगाउँछन्, स्कुटरमा राखेको बच्चालाई चाहिँ  लगाइदिएका हुन्नन्। अर्को कुरा कोठाभित्रै बसिरहँदा बालबालिकाले आमाबुबाका झगडा देख्छन्। घरेलु हिंसाका घटनाका खबर समेत सुनिएका छन्।  

हामीले बिहान ९ बजेदेखि दिउँसो साढे तीन बजेसम्म उनीहरूलाई स्कुलमाझैं पढाउने व्यवस्था मिलाएका छौं। उनीहरूलाई माथिल्ला कक्षाका विद्यार्थी र शिक्षकले पढाउँछन्। बिहान साढे ९ बजे प्रार्थना सभा हुन्छ। उनीहरू राष्ट्रगान गाउँछन्। अनि आआफ्नो कक्षामा बसेर पढ्छन्। दिउँसो साढे १ देखि ४५ मिनेट टिफिन टाइम हुन्छ।

पुतली घरमा पढ्दै बालबालिका। 

अचेल बालबालिका कसरी समय बिताउँदै छन्?  

हामीसँग स्कुल लेभलका ३३ जना विद्यार्थी छन् भने कलेज लेभलका ४ जना। हामीसँग बच्चाहरू खेल्न प्रशस्तै ठाउँ छ। लकडाउनको एक महिना जति उनीहरूले खेलेरै बिताए। वैशाख ५ गतेदेखि स्कुल खुल्नुपर्ने थियो, खुलेन। उनीहरू नजिकैको बुढानीलकण्ठ कम्युनिटी स्कुलमा पढ्थे। बच्चाहरूले दिनरात खेलेर त भएन भनेर हामीले बिहान ९ बजेदेखि दिउँसो साढे तीन बजेसम्म उनीहरूलाई स्कुलमाझैं पढाउने व्यवस्था मिलाएका छौं। उनीहरूलाई माथिल्ला कक्षाका विद्यार्थी र हाम्रा शिक्षकले पढाउँछन्।

बिहान साढे ९ बजे प्रार्थना सभा हुन्छ। उनीहरू राष्ट्रगान गाउँछन्। अनि आआफ्नो कक्षामा बसेर पढ्छन्। होमवर्क गर्छन्। दिउँसो साढे १ देखि ४५ मिनेट टिफिन टाइम हुन्छ।  

बच्चाहरूलाई डल हुन नदिन हामीले ८ समूहमा बाँडेका छौं। उनीहरू बेलुका ८ वटा चुलामा दाउरा बालेर आफ्नो लागि आफैं खाना बनाउँछन्। सुरुका दिनमा आगोसम्म फुक्न नजान्ने बच्चाहरू आज मिठो खाना बनाउन सक्ने भैसकेका छन्। शनिबारचाहिँ बिहान पनि उनीहरू आफैं पकाउँछन्।  

फरक जीवनशैलीले उनीहरूमा केही परिवर्तन ल्याएको छ कि?  

उनीहरूले रमाइलो मानिरहेका छन्। उनीहरूलाई पहिलापहिला त पढपढ  भन्नुपथ्र्यो। अहिले पढाइमा रुचि बढाएका छन्। कोर्सका किताबभन्दा बाहिरका कथा किताब पढ्छन्। अनि आफूले पढेका कथा आपसमा सुन्ने, सुनाउने गर्छन्। 

बच्चाहरूलाई डल हुन नदिन हामीले ८ समूहमा बाँडेका छौं। उनीहरू बेलुका ८ वटा चुलोमा दाउरा बालेर आफ्नो लागि आफैं खाना बनाउँछन्। सुरुका दिनमा आगोसम्म फुक्न नजान्ने बच्चाहरू आज मीठो खाना बनाउन सक्ने भैसके।     

काठमाडौंको बूढानीलकण्ठमा पुतली घर । 

विद्यालयहरूले अनलाइन कक्षा चलाएका छन, अनलाइन शिक्षा कत्तिको प्रभावकारी  पाउनुभएको छ?  

ससाना नानीहरू अनलाइनमा पढ्न बस्दा अलमलिन्छन्। उनीहरूले पढाइमा ध्यान केन्द्रित गर्न सक्दैनन्। उनीहरूका लागि अनलाइन शिक्षा प्रभावकारी लागेन। तर, ठूला कक्षाका विद्यार्थीलाई भने उपयोगी पाएकी छु।  

कोरोना भाइरसको महामारीबाट सिक्नुपर्ने पाठ के हो? 

मान्छेको जिन्दगी दौडधूपमै बित्छ। दौडेर मात्र नहुँदो रहेछ, यस्तो महामारी आयो भने केही गर्न सकिँदो रहेनछ। त्यसैले हामीले प्रकृतिमैत्री वातावरणमा जोड दिनुपर्छ। प्रकृतिको विनाश गरेमा विभिन्न महामारी आउँछन्। त्यसैले हामी प्रकृतिमैत्री बन्नै पर्छ ।  

तपाइँले सञ्चालन गर्दै आउनुभएका अन्य परियोजनाहरूको अवस्था के छ ? 

कारागारमा सञ्चालित हाम्रा प्रोजेक्टहरूलाई असर पुगेको छ। हामीले मिलेसम्म  सुत्केरी बाकस पठाइरहेका छौं। केही समयअघि हामीले डिल्लीबजार कारागारमा ६ बेडको क्वारेन्टिन बनाइदियौं। ठाउँठाउँमा पिपिई सेट, खाद्यान्न लगायत राहत सहयोग पनि गरिरहेका छौं।  

पुष्पा बस्नेत

प्रकाशित: १ भाद्र २०७७ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App