संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले स्थानीय सरकारले कर उठाउँदा न्यूनतमबाट प्रारम्भ गर्नुपर्ने बताएका छन्। आज रेडियो नागरिकसँग कुरा गर्दै सचिव थपलियाले जथाभावी कर उठाउने कोसिस गर्दा जनतामा पैदा हुने आक्रोशलाई स्थानीय सरकारले ख्याल गर्नुपर्ने बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले चिकित्सकहरुलाई अपराधीकरण गर्नेगरी कानुन बनाउन लागेकाले आफूहरु आन्दोलित बन्नु परेको बताएका छन्।
संघीयताको खास उद्देश्य ‘सेयरिङ अफ पावर’मा भएपनि नेपालमा भिन्न अभ्यास भइरहेको शर्माले बताए। केन्द्र र स्थानीय सरकारका बीचमा समन्वयको अभाव हुन थालेको, प्रदेशका जनप्रतिनिधि आफ्नो जिम्मेवारीमै अन्योल भइरहेको भन्दै प्राध्यापक शर्माले संघीयतालाई हचुवा र बाह्य देशको लहडमा ल्याउँदा यस्ता समस्या आएको दाबी गरे।
दाँत बिग्रेर ठूलै दुःख नदिएसम्म अस्पताल जाने हाम्रो चलन छैन । जतिबेला हामी अस्पताल पुग्छांै, त्यतिबेला दाँत धेरै बिग्रिसकेको हु्न्छ । दाँत किराले किन खान्छ ? मुख किन गन्हाउँछ ?
सर्वोन्द्र खनाल प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त भएको सय दिन पूरा भएको छ । प्रहरीमा लामो सयमदेखि रोकिएको नियमित बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । प्रहरी प्रधान कार्यालयभित्र काज मिलाएर वर्षाैंदेखि बसेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाएका छन्।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी बारेको निर्णय गर्ने संसदीय सुनुवाई विशेष समिति राजनीतिक आग्रह पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताएका छन्।
पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रजनन् अंगका रोगहरू लाग्छन्। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू किन लाग्छन् र कसरी बच्ने?
औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई)का वरिष्ठ उपाध्यक्ष पनि हुन् । शिवम् सिमेन्टका प्रवर्द्धक समेत रहेका मोरसँग औद्योगिक क्षेत्रको लामो अनुभव छ।
आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका डा. मदन उपाध्यायले आफूहरुले तयार गरेको प्रतिवेदन आफैलाई चिकित्सा क्षेत्रको ‘गीता’ जस्तो लागेको बताउँछन्।
नेकपा स्थायी समिति सदस्य र पार्टी भित्र बौद्दिक नेताको छवि बनाएका घनश्याम भूसाल ओली सरकारका कदम निमुखाको पक्षमा नदेखिएको बताउँछन् । किन त? भन्छन्: कांग्रेसको गतिहीनताले पनि हामी बिग्रियौँ कि जस्तो लाग्छ।
डाक्टर भगवानका चिरपरिचित मित्र डाक्टर गोविन्द केसी किन अहिले १५ औँ अनशन बसिररहनु परेको छ ? सम्झौता हुन्छ, लागू किन हुँदैन ? कार्यान्वयन नगर्ने भए, सम्झौता किन हुन्छ ? चिकित्सा शिक्षामा भइरहेको गडबडीको चुरो कुरो के हो ? नागरिक सम्वादमा डा.कोइरालाले सुझाएका छन्, कलेक्टिभ विज्डमको प्रयोग ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापी अभियानमा हिँडिरहेका छन्। हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर अगाडि बढिरहेको राप्रपा नेपालका अध्यक्ष थापा युवा संगठनलाई प्रशिक्षण र सम्बोधन गर्न नेपालगन्ज आइपुगेका छन्। राप्रपाको एजेन्डा र वर्तमान राजनीतिबारे पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष थापासँग नागरिककर्मी कमल खत्रीले गरेको संवाद।
आकस्मिक सेवा–सुविधा भएको ठाउँ र ठूलो जमातको आवश्यकता पूर्ति गर्ने ठाउँ सहर हो । सहरमा सहजतासँगै त्यससँग जोडिएको इतिहास, जीवनशैली र संस्कृतिको समष्टिगत रूप भेटिनुपर्छ । सहरको अर्को पक्ष भनेको मूर्त र अमूर्त संस्कृति हो । सहरमा हिजोको परम्परा र जमाना भेटिनुपर्छ।
मेेलम्ची खानेपानी आयोजना सम्पन्न हुने समयको प्रतीक्षा मुलुकमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने परिस्थिति छ ।आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर मंगलबारदेखि पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा नागरिककर्मी हिमाल लम्साल र खिलक बुढाथोकीले गरेको अन्तर्वार्ता :
२१ वर्षको बैंकिङ अनुभव सँगालेका सुजितकुमार शाक्य सिभिल बैंक लिमिटेडको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छन् । इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउ–भारतबाट व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नाकोत्तर गरेका शाक्यले सन् १९९६ मा तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट श्रीलंकन व्यवस्थापन अन्तर्गत वित्तीय विश्लेषक पदबाट बैंकिङ करिअर सुरु गरेका थिए । बैंकिङ क्षेत्रमा कुशल एवं अनुभवी व्यक्तिका रुपमा चिनिएका शाक्यसँग यसअघि हिमालयन बैंकमा आठ वर्ष, लक्ष्मी बैंकमा दुई वर्ष तथा तत्कालीन बैंक अफ एसिया नेपाल हुँदै मर्जरपछि एनआइसी एसिया बैंकमा १० वर्ष काम गरेको अनुभव छ । नेपालको बैंकिङ इतिहासमै पहिलोपटक दुईवटा वाणिज्य बैंक सफलतापूर्वक मर्जर गर्न उनको सक्रिय भूमिका थियो । त्यसैले मर्जरको विषयमा उनको विशेष अनुभव छ । नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिनुपर्ने विषय, बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अवस्था, सिभिल बैंकका आगामी योजना, अवसर तथा चुनौती र समग्र बैंक तथा वित्तीय क्षेत्रबारे नागरिकका विष्णु बेल्वासेले शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश :
करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । तत्कालीन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका केसी सन् २००८ मा फाइनान्सियल मार्केट हेड भएपछि एनएमबी बैंकको नायव महाप्रबन्धकका रुपमा प्रवेश गरेका थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि यतिखेर श्रम बजार तरंगित छ।
संविधानसभाबाट २४० वर्ष लामो राजतन्त्र अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १० वर्ष भयो। गणतन्त्र स्थापनासँगै मुलुकको सर्वोच्च पद राष्ट्राध्यक्षको जिम्मेवारीमा जनताका छोरा पुगे। त्यो पहिलो सौभाग्य नेपाली कांग्रेसका तत्कालीन महामन्त्री रामवरण यादवले पाए। दुई वर्षका लागि राष्ट्रपति निर्वाचित भएका यादवले सात वर्षभन्दा लामो समय राष्ट्रपतिको भूमिका निर्वाह गरे।
राजधानीस्थित मुलुककै जेठो अस्पताल, वीर अस्पतालमा अहिले सरसफाइ भइरहेको छ । वीर अस्पतालको मुहार नै फेर्ने गरी धुर्मुस–सुन्तली फाउण्डेशनले सरसफाइको काम गरिरहेको छ । यसअघि अस्पताल आफैले गरेको सरसफाइ किन सफल हुन सकेन ? सफाइका लागि धुर्मुस–सुन्तली फाउण्डेशन नै किन आउनु पर्यो ? अस्पताल सधैं सफा राख्न के–कस्ता चुनौती छन् ? आदि विषयमा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतसँग नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीः
प्राविधिको क्षेत्रमा २२ वर्षको अनुभव भएका नारायण प्रकाश भुजु तीन वर्षदेखि माछापुच्छ्रे बैंकमा आवद्ध छन् र हाल उनी माछापुच्छ्रेमा प्रमुख डिजिटल बैंकिङ अधिकृतका रुपमा कार्यरत छन् । यसअघि कुमारी बैंकमा १३ वर्ष काम गरिसकेका भुजु नयाँ प्रविधिले बैंकका ग्राहकलाई सहज बनाएको र प्रविधिमा आधारित सेवाहरुको माग ग्राहकमा बढ्दै गएको बताउँछन् ।