४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्वार्ता

‘नरैनापुरबासीको घाउको खिल झिक्न सफल भयौं’

बाँकेको ग्रामिण भेग नैरैनापुर कोरोना संक्रमण जोखिम हटस्पटको रुपमा पछिल्लो समय चिनियो । समुदायमा संक्रमण फैलिँदा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । देशभरमा नै एक किसिमको नरैनापुरको बारेमा नराम्रो चर्चा भयो ।  

संक्रमणको खतरा बढ्ने आंकलन गरेका बेला नराम्रो चर्चा भएको नरैनापुरले कोरोनालाइ जित्यो । महिना दिन नबित्दै हटस्पट बनेको कोरोना गाउँमै नरहेकाले नरैनापुरले कोरोना मुक्तको ‘क्लिन चिट’ पायो । समुदायमा फैलिएको कोरोना संक्रमणको विषयमा केन्द्रित रहेर दुई साता अघि सरुवा भएर आएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग नागरिक दैनिकका शरद अधिकारीले गरेको कुराकानी ।  

बाँकेकाे अवस्था के छ ?

यतिबेला बाँकेको जनजिवन सहज भईरहेको छ । कोरोना हटस्पट बनेको नरैनापुरा संक्रमित सबै सन्चो भएर घर फिर्ता भईसक्नु भएको छ । जसले जिल्लामा एक किसिमको उल्लास छाएको अनुभुति गरेको छु । नरैनापुरको सुखद समाचारले त्रसित भएका सर्वसाधरण अहिले खुसी भएका छन् ।  

पहिलो भ्रमण नरैनापुर क्षेत्र गर्नुभएको भन्ने सुनियो ?

मैले प्रजिअको कार्यभार सम्हालेपछि पहिलो अनुगमन नरैनापुरक्षेत्रमा गएको थिए । म पुग्दा स्थानीयको अनुहार मलिन र त्रसित देखिन्थ्यो । त्यहाँकोे अवस्था हेरेर चिन्तित भए । त्यस क्षेत्रमा विकास अघि बढाउने योजना बनाए । पहिलो भ्रमणमा योजना सुनाउँदा स्थानीय आशाबादी भए । यसरी सम्हालिएको नरैनापुर अन्तत कोरोनासँग लडाई बिजय प्राप्त गर्न सफल भयो । त्यो जित मेरो पनि हो भन्ने लागेको छ ।

लकडाउन कार्यान्वयनका गर्न सक्नु भएको छ ?

लकडाउन कार्यान्वयन गराउन म आफैं सडकमा निस्किए । प्रजिअको जिम्मेवारीमा रहेकाले सडकमा निस्केर काम गर्नु सम्भव थिएन । त्यै पनि चर्को गर्मीमा सडकमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउँन मैले जरुरी ठानेर सडकमा निस्केको हुँ ।  

चर्चा बटुल्न गरेको हो भन्ने पनि आरोप लाग्यो । चर्चा बटुल्ने भन्दा चर्को गर्मीमा खटिने राष्ट्रसेवकको मनोबल बढोस भन्ने मेरो उदेश्य हो । सडकबाटै लकडाउनमा सवारीसाधन चलाउनेलाई लकडाउन कार्यान्वयन गर्न आग्रह गरे । त्यसको रिजल्ट सकारात्मक आइरहेको छ । उच्च मनोबलमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले काम गरेका छन् ।

कोरोनासंग जुध्न सक्छ बाँके

म पनि भर्खरै सरुवा भएर आएको हुँ । प्रतिकुल समयमा मेरो जिम्मेवारी पक्कै चुनौतीपूर्ण छ ।जादुको छडिले मसँग छैन एकै पटक बिग्रको परिस्थिति सम्हाल्न । भद्रगोल अवस्थामा रहेको व्यवस्थापनलाई एकै पटक गर्न सम्भव पनि छैन । रात दिन खटिएपछि केहि फरक भएको छ । सकारात्मक सोचले अघि बढेपछि जिल्लाबासीको भविष्य सुखद हुनेमा ढुक्क छु । अव्यवस्थित क्वारेन्टिन र आइसोलेसन सिमित स्रोत साधन विच सुविधा सम्पन्न बनाउँन लागि परेका छौ । स्थानीयतह, समाजसेवी र बुद्धिजिबिको समन्वय र सहकार्य गर्दै सर्वसाधरणलई सबै किसिमको सुरक्षा प्रत्याभूति दिलाउँने बिश्वास दिलाउँछु ।

भारतबाटै कोरोना भित्रिएको हो ?

यस क्षेत्रका नेपाल र भारतको सीमा जमुनाहा हो । पछिल्लो समय एक दिनमा २ हजार ५ सय मानिस नेपाल भित्रिन थाले । नरैनापुरमा भारतबाट आएकाबाटै समुदायमा संक्रमण फैलिएको थियो । भारतबाट आएका मानिसहरुको व्यबस्थापन गर्न हम्मे हम्मे भयो । त्यसका बाबजुद होल्डिङ सेन्टर स्थापना गर्याे । प्रत्येक जिल्लासँग समन्वय गरेर भारतबाट आएकाहरू क्वारेन्टिन बस्न बाध्य पार्ने काम भयो ।  

यदि भारतबाट आएकाको राम्रो व्यवस्थापन नभएको भए अधिकांश ठाउँमा समुदायमा कोरोना फैलिने थियो होला । भारतबाट नेपाल भित्रिएकालाई सहज तरिकाले गर्न सकियो जस्तो लाग्छ । बेलैमा सबैको सहयोगले भारतबाट आएका नागरिकलाई व्यवस्थित गर्न सकिएकाले समुदायमा नै कोरोना फैलिएको दुखद् समाचार सुन्न परेको छैन ।  

प्रकाशित: ३१ जेष्ठ २०७७ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App