१० आश्विन २०८० बुधबार

तीन वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण

फाराम भरेको तीन वर्षमा बल्ल ‘राष्ट्रिय परिचयपत्र’ वितरण गरिएको छ। २०७७ असोज सुरुदेखि थालिएको फाराम भर्ने क्रम हालसम्म जारी रहेको परिचयपत्र (आइकार्ड) भने साउन अन्तिममा मात्र आएको हो।

चार जिल्लाका सिडिओ फेरिए

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको हो। मन्त्रालयले आज गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)फेरिएका हुन।

राहतका लागि बाढीपहिरो विस्थापितको तथ्यांक संकलन गरिने

जिल्ला विपद् व्यवस्थापन समितिले जेठ मसान्तदेखि मंगलबारसम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्ण रूपमा क्षति भएको बताएको छ।

पृथ्वीराजमार्ग चार घन्टापछि पुन:सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन सञ्चालनमा आएको छ।

ताप्लेजुङका प्रजिअद्धारा सुशासन,विकास निर्माण र शान्ति सुरक्षा केन्द्रित सर्वपक्षीय छलफल

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जिल्ला सुरक्षा समितिका पदाधिकारीको समन्वयमा बिहीबार सुशासन,विकास निर्माण र शान्ति सुरक्षा बारे ताप्लेजुङ जिल्लाका क्रियाशील राजनीतिक दलसँग र सरोकारवालासँग अन्तरक्रिया गरेकी छन्।

गोरखाले पायो सिडिओ

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका दिनेश सागर भुषाललाई गृह मन्त्रालयमा तानेर गोरखा पठाइएको छ।

प्रधानमन्त्री र उपप्रधानमन्त्रीकै जिल्लामा छैनन् सिडिओ र सहायक सिडिओ

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेज गरेपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निर्वाचित जिल्लामा प्रजिअ पठाउन सकेका छैनन्।

अब ‘सिडिओ’ हरू आफ्नै जिल्लामा सरुवा हुन नपाउने

सबैलाई सबै ठाउँमा अवसर र अनुभव प्राप्त हुने गरी मन्त्रालयले ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ तयार पारी लागू गरेको हो। उक्त कार्यविधिअनुसार अब भने कुनै पनि सिडिओले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन्।

अबैध क्रसर र बालुवा प्रशोधन केन्द्रहरुको बिद्युत काटिदै

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा अनुगमन गर्न खटेको टोलीले दर्ता र नविकरण नगरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई बन्द गराउन बिद्युतिय लाईन काटिने काम गरेको हो।

काठमाडौं प्रशासनले सुरु गर्‍यो १० वटा सेवामा ‘टाइम कार्ड’

बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिक न्युजलाई जानकारी दिए।

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ’, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ।’

चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ।

वर्षातका कारण अवरुद्ध सडक तत्काल सुचारु गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन

सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर राखेर २०/२२ दिनभित्र सो काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

जीर्ण सडक मर्मतमा प्रशासनको चासो

ठेकेदार तारामान कठायतले पनि केही ठाउँका काम अन्तिम चरणमा पुर्‍याएको बताए। धेरै जसो ठेक्कामा वर्षातको कारण देखाउँदै काम नगरेको पाइएपछि तुरुन्त सक्न निर्देशन समेत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्