२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक बनाएका छन्।

दबाबका बिच दीपेन्द्रले ४५ बलमा ५ चौका र दुई छक्काको सहयोगमा ५४ बनाएका छन्।

दीपेन्द्रले यो सिजन दोस्रो अर्धशतक बनाएका हुन्। उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित अर्धशतक बनाएका थिए।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकने निम्तो पाएको सुदूरले ताजा स्थितीमा १७ ओभरमा ५विकेट गुमाएर १०० रन पूरा गरेको छ।

प्रकाशित: २७ कार्तिक २०८३ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App