इजरायल र लेबनानको संघर्षरत समूह हिजबुल्लाहबीच युद्धविरामको खबरबीच आइतबार फेरि तनाव बढेको छ। हिजबुल्लाहले इजरायलमा २५० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको छ, जुन अक्टोबर ७, २०२३ पछि अहिलेसम्मको सबैभन्दा ठूलो हो।
यो आक्रमणले इजरायलको राजधानी तेल अभिवमा रहेको गुप्तचर निकायलाई पनि लक्षित गरेको छ। हिजबुल्लाहका अनुसार, मिसाइल प्रहारले तेल अभिव र आसपासका सैन्य आधारहरूलाई निशाना बनाएको थियो। इजरायली प्रहरीका अनुसार, यस हमलामा धेरैलाई सामान्य चोटपटक लागेको छ।
हिजबुल्लाहले यो आक्रमण लेबनानको बेरुतमा जारी इजरायली हमलाको प्रतिक्रिया भनेको छ। इजरायली कारबाहीमा हिजबुल्लाह प्रवक्ता मोहम्मद अफिफसहित ६३ भन्दा बढीको मृत्यु भएको थियो। शनिबार इजरायली आक्रमणमा २९ लेबनानी नागरिक मारिएका थिए।
हिजबुल्लाहको आक्रमणले इजरायली ट्याङ्कहरू दक्षिणी लेबनानको अल–बायदा क्षेत्रबाट पछि हट्न बाध्य भएका छन्। हिजबुल्लाहले इजरायली सैन्य चौकी र नौसैनिक आधार शिविरमा पनि हमला गरेको बताएको छ।
यस बीच, इरानले पनि इजरायलमाथि आक्रमण गर्ने धम्की दिएपछि क्षेत्रीय तनाव थप बढ्ने देखिन्छ।
प्रकाशित: १० मंसिर २०८१ १२:२६ सोमबार