फेवा बजारले उपभोक्ताका लागि कोरोना बिमा योजना ल्याउने

फेवा बजार डटकम ई–कमर्सले उपभोक्ताको बिमा गरिदिने भएको छ । हेड अफिस पोखरा र कर्पोरेट अफिस काठमाडौंबाट देशैभर होम डेलिभरीको सेवा दिइरहेको फेवा बजार डटकम ई–कमर्सले फेवाबजारबाट सामान खरिद गर्ने ग्राहकहरुका लागि एक लाखबराबरको निःशुल्क कोरोना बिमा गरिदिने भएको हो ।