८ वैशाख २०८१ शनिबार
अर्थ

स्वास्थ्य र शिक्षामा विशेष जोड

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि तीन अर्ब ३७ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित छैठौं नगरसभामा तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रूपैयाँको बजेटसहितको नीति तथा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको हो ।  

महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले कोरोना महामारीका कारण विराटनगरको आगामी आवको बजेट प्रभावित भएको बताइन् । कार्कीले आगामी आवका लागि चार अर्ब १३ करोड ५० लाख ९२ हजारको बजेट सार्वजनिक गरेको महानगरले गत आवभन्दा २२ प्रतिशत बजेट घटाउनुपरेको जानकारी दिइन् ।  

कार्कीले आगामी आवका लागि आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार, राजस्व बाँडफाँटबापत ७६ करोड ८२ लाख, वित्तीय समानीकरणबाट ३८ करोड सात लाख ६८ हजार, संघीय सरकार ससर्त अनुदानबाट एक अर्ब दुई करोड नौ लाख, प्रदेश सरकार ससर्त अनुदानबाट दुई करोड १० लाख नौ हजार प्राप्त हुने अनुमान महानगरको छ ।  

यस्तै, संघीय सरकार विशेष अनुदानबाट १३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट तीन करोड, वैदेशिक र अन्य संघ–संस्था अनुदानबाट तीन करोड २६ लाख, जनसहभागिताबापत नौ करोड ६२ लाख पाँच हजार प्राप्त हुने अनुमान छ । यस्तै, महानगरपालिकाको प्रशासनिक खर्चतर्फ ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, फोहोरमैला व्यवस्थापन तथा ल्यान्डफिल साइडको जग्गा खरिदतर्फ ११ करोड ४९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।  

त्यस्तै नगर स्वास्थ्यतर्फ १९ करोड ५७ लाख, शैक्षिक विकास कार्यक्रमतर्फ ५६ करोड १३ लाख, युवा विकास तथा खेलकुदतर्फ दुई करोड नौ लाख, अन्य  

कार्यक्रमतर्फ ६ करोड विनियोजन गरेको छ । भौतिक पूर्वाधारलगायत पुँजीगत खर्च एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।  

नगरसभामा महानगर प्रमुख भीम पराजुलीले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले महानगरलाई पूर्वाधारका हिसाबले प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार विकास गर्न क्षेत्रगत गुरुयोजना तयार पारिने बताए । उनले एसियाली विकास बैंकसँग विराटनगरको फोहोरमैला व्यवस्थापनलगायत थप पूर्वाधार विकासका लागि महानगरपालिकाले तेस्रो चरणको परियोजना कार्यान्वयनका लागि पहल थाल्ने जानकारी दिए । यस्तै, महानगरले ठोस र ठूला योजनालाई प्राथमिकतामा राखेर टुक्रे योजनालाई निरुत्साहित गर्ने नीति लिएको प्रमुख पराजुलीले जानकारी दिए ।

प्रकाशित: ११ असार २०७७ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App