नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने
कोरोना भाइरसका कारण समस्यामा परेका ऋणीलाई नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।
कोरोना भाइरसका कारण समस्यामा परेका ऋणीलाई नागरिक लगानी कोषले ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ।
सिद्धार्थ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । सिद्धार्थले २०७७ असार १३ गते १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकामा सडक चौडा अभियानको सुरुवात गरे। त्यसैको परिणामस्वरुप २०७१ सालमा माइतीघर–तीनकुने ६ लेनको सडक तयार भयो। ६ लेनको उक्त सडक चिटिक्क र आकर्षक छ। सडकको बीचमा रोपिएका बोटबिरुवा हुर्किएर मनमोहक देखिने भइसके।सडक चौडा भए पनि तीनकुने बाग्मती पुलनजिक पुगेपछि भने बाटो फेरि साँघुरिन्छ।
कोभिड–१९ महामारीले विदेशमा अलपत्र परेका नेपालीलाई घर फर्काएनस्वदेशी विमान कम्पनीहरुले थप उडान अनुमति पाएका छन्। सरकारले गत जेठ २८ देखि सुरु गर्ने गरी नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी विमान कम्पनीलाई २४ उडानको अनुमति दिएको थियो।
धादिङतर्फको १७ रोपनीसहित काठमाडौंतर्फको घर, जग्गालाई हालसम्म करिब साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण भइसकेको र अब एक अर्ब रूपैयाँजति वितरण गर्न बाँकी छ।
कोरोना संक्रमण रोक्न चैत ११ मा सुरु लकडाउन अवधिभर ठप्प भएको घरजग्गा कारोबारले फेरि तीव्रता पाउन थालेको छ। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै गत असार १ गतेदेखि सरकारी कार्यालय नियमित खोल्न थालेपछि घरजग्गा कारोबार बढ्न थालेको हो।
सरकारले उन्नत जातको बीउ प्रयोग गरेर कृषि उत्पादन वृद्धि गर्ने बताइरहँदा किसानले भने अहिले पनि ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरिरहेका छन्। तराईका अधिकांश जिल्लाका लगाइने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान कृषि अनुसन्धान परिषद् (नार्क) ले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो।
शनिबार विहान देखी फैलिएको सलह किराको प्रभाव प्रदेश नं ५ मा बढि देखिएको छ । शनिबार बुटवल आसपासका क्षेत्रमा ठुलो संख्यामा सलहहरू फैलिएको थियो । सलह नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मनत्रालय प्रदेश नं ५ ले आन्तरिक मामिला मन्त्रालय सहितको बैठक बसी तत्काल नियन्त्रणको प्रयास गर्ने निर्णय गरिएको प्रवक्ता विनोद घिमिरे जानकारी दिए ।
शनिबार विहान देखी तराई क्षेत्रमा देखिएको सलह किरा अधिकांश तराईका जिल्लामा फैलिइसकेको छ । तराई क्षेत्रमा फैलिएको सलह पहाड चढ्न सक्ने विज्ञहरुले बताएका छन् । कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ बैज्ञानिक डा.सुनिल अर्याल सलह किरा अहिलेको हावाको वहावलाई हेर्दा पहाड तिर पनि जान सक्ने बताए ।
मानिसले विहान बेलुका बाच्नको खाने अन्न बालीलाई छिन भरमै सखाप पार्ने सलह किरा जिल्लाको बिभिन्न स्थानहरूमा देखा परेको छ। शनिबार बिहानै सिमरा, डुबरवाना, निजगढमा सलह किरा देखा परे पछि किसानहरू चिन्तित बनेको बताइएको छ।
बर्दियाको गेरुवा गाउँपालिकामा कृषकका लागि आधुनिक कृषि औजार प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ सेन्टरका लागि यान्त्रिक औजार हस्तान्तरण गरेको हो।
शनिबार विहान देखिएको सलह किरा सिन्धुली देखी रुपन्देही सम्म फैलिएको पाइएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले शनिार राखेको भर्चुअल बैठकमा सर्लाही, वारा, पर्सा र रुपन्देहीमा भेटिएको किरा सलह पुष्टि भएको बैठकमा सहभागी नार्कका वरिष्ठ बैज्ञानिक अजय श्री रत्न बज्राचार्यले जानकारी दिए । उनले मकवानपुर क्षेत्रबाट पनि जानकारी आए पनि त्यसको पुष्टि नभएको जानकारी दिए । उनले प्रभावित जिल्लाबाट आएका भिडियो हेर्दा सानो झुण्डमा पाइएको बताए ।
चालु आर्थिक वर्ष १ नम्बर प्रदेश सरकारबाट खोटाङका लागि ७९ करोडभन्दा बढि बजेटको योजना परेको छ। आर्थिक वर्ष २०७७/०७८ का लागि खोटाङ निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर १ मा गरी ७९ करोड ६४ लाखभन्दा बढि बजेट विनियोजन भएको हो। सडक निर्माण, सडक स्तरोन्नती, पुल, झोलुंगे पुल, सिँचाई, खानेपानी, लिफ्टिङ, खेलमैदान, सामुदायीक भवन, पर्यटन पुर्वाधार निर्माण लगायतका योजनाका लागि खोटाङ निर्वाचन क्षेत्र नम्बर १ मा १०७ वटा योजनाका लागि ४० करोड ६४ लाख बजेट प्राप्त भएको प्रदेशसभा सांसद राजन राईले बताए।
पाल्पाको रामपुर नगरपालिकाले बाँदर भगाउने उपकरण कृषकलाई उपलब्ध गराएको छ। बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई सो उपकरण प्रदान गरिएको हो।
अर्थतन्त्रमा सहकारीको भूमिका बढाउने सरकारले तयारी गरेको छ। मुलुकको नयाँ संविधान, २०७२मा सहकारीलाई अर्थतन्त्रको एक खम्बाका रुपमा परिभाषित गरिए पनि अपेक्षित रुपमा परिणाम दिन नसेको अवस्थामा सरकारले मुलुकको गरिवी निवारणको मुख्य आधारका रुपमा स्थापित गर्न लागेको हो।
जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजन गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ।
कोभिड–१९ पछि भने यो क्षेत्र सुनसानजस्तै छ। चीनलगायत विभिन्न मुलुकमा कोरोना भाइरस फैलँदै गएसँगै ठमेलको भीडभाड कम हुँदै आएको थियो। अगाडि नै आएका कतिपय पर्यटकले कोरोना त्रासका कारण बसाइ अवधि छोट्याउँदै फर्कन थाले भने, आउनका लागि अग्रिम होटल बुकिङ गर्नेहरूले पनि बुकिङ रद्ध गर्न थाले। जसको प्रत्यक्ष असर यहाँका व्यवसायी र मजदुर वर्गमा परेको छ।
चालू वर्षका लागि सरकारले युरिया दुई लाख ६० हजार, डिएपी एक लाख ७९ हजार र पोटास १० हजार पाँच सय ९९ टन खरिदको लक्ष्य राखेको थियो, जसमा ७१ हजार पाँच सय युरिया र ५९ हजार पाँच सय टन डिएपी आउन बाँकी छ ।
हिउँदको समयमा पानी अभावका कारण सुख्खा रहने करिब २ सय ४३ रोपनी जमिनमा सिंचाई हुने गरी पहाडी साना किसानका लागि अनुकुलन आयोजना अन्तर्गत आशा परियोजनाले पोखरी बनाइदिएपछि गजुलबासी दंग छन्। सिंचाई अभावका कारण हिउँदभर सुख्खा रहने सुनिलस्मृति गाउँपालिका वडा नं. ६, गजुलकोट गाउँमा अब भने बाह्रै महिना सिंचाई हुने भएको छ । पोखरी बनेपछि स्थानीयले राहतको महसुस गरेका छन् ।
विगत लामो समयदेखीको बन्दाबन्दीका कारण शाखा कार्यालय नखुलेको र कर्जा प्रवाहमा समेत कमि आएको भन्दै बैंकहरुले शाखा कार्यालय बन्द गर्न पाउने माग गरेका छन्।
जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७÷०७८ का लागि श्रम र रोजगारीलाई ‘प्राथमिकता’मा राखेर नीति, कार्यक्रम ल्याएको छ । तर, विशेषगरी कृषि क्षेत्रमा श्रम र रोजगारी सिर्जना गर्ने भनिएपनि यही क्षेत्रको बजेट भने पर्याप्त देखिँदैन ।
आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ।
नुवाकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ।
काठमाडौं महानगरपालिकाले कार्यरत सबै कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गरेको छ।