coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बारामा सलहकाे बिगबिगी

बारामा देखिएको सहल किरा ।

मानिसले विहान बेलुका बाच्नको खाने अन्न बालीलाई छिन भरमै सखाप पार्ने सलह किरा जिल्लाको बिभिन्न स्थानहरूमा देखा परेको छ। शनिबार बिहानै सिमरा, डुबरवाना, निजगढमा सलह किरा देखा परे पछि किसानहरू चिन्तित बनेको बताइएको छ।

कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा र डुबरवाना र निजगढमा सलह किरा देखा परेको बताएका छन्।

सहल किरा भित्रिएको सुचना पाए पछि त्यसको बारेमा बुझन ती स्थानहरूमा पुग्दा  ती सलह किरा नै भएको र यसबाट बालीनाली र बोट बिरुवालाई सुरक्षित राख्न उपायहरू निकाल्ने कार्य तिर लागिएको यादवले बताए। अहिले थोरै संख्यामा भए पनि पछि संख्या बढदा धेरै क्षति गरिने डर समेत रहेको उनले बताए।

किराले किसानहरूको खेतमा रहेको धान, मकै, उखु लगाएतका अन्नबाली, तरकारी, केरा, मेवा लगायतको बोट बिरुवाहरूमा अन्य देशहरूमा धेरै नै क्षति गरेको हुँदा यसलाई समयमै नियन्त्रण गर्दा राहत मिल्ने उनको भनाई छ। अफ्रिकी मुलुकहरूमा  बाली नालीहरूमा क्षति गरेर त्याहा खाद्यान्य सङ्कटलाई निम्तयाएको  सहल किराले छिमेकी देश भारत तथा पाकिस्तान हुँदैे नेपालमा पनि प्रवेश गरेको छ ।

प्रकाशित: १३ असार २०७७ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App