धरानमा गठबन्धनभन्दा स्वतन्त्र उम्मेदवार २४ सय बढी मतले अगाडि
धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले फराकिलो अग्रता लिएका छन्।
धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले फराकिलो अग्रता लिएका छन्।
मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३३ हजार ६ सय २४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।
इलामका १० वटै पालिकाका १ वटा वडामध्ये सबैभन्दा बढी वडाको अध्यक्ष नेपाली कांग्रेसले जितेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
मोरङको कटहरी, जहदा, धनपालथान, बुढीगंगा, मिक्लाजुङ, ग्रामथान र रतुवामाई नगरपालिकाको प्रमुख/अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। यस्तै लेटाङ, केराबारी, उर्लाबारी, कानेपोखरी, सुनवर्षी र बेलबारीको प्रमुख/अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार मतान्तरले अग्रता लिएका छन्।
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको उपमेयरमा मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनका तर्फवाट माओवादी केन्द्रका उम्मेदवार शान्तिअधिकारीलाई उछिनेर एमालेका उम्मेदवार कन्दकला रानाले अग्रता लिएकी छन्।
अन्तिम परिणामअनुसार १० पालिकामध्ये ५ वटामा नेकपा (एमाले), ४ मा नेपाली कांग्रेस र एउटामा नेकपा (एकीकृत) समाजवादी प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन्। एमालेले ५ उपप्रमुख/उपाध्यक्ष जितेको छ भने कांग्रेसले ३ तथा जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले १/१ ठाउँमा जितेका छन्।
कोइरालाले ३० हजार १ सय ७० मत प्राप्त गरे भने थापाले २१ हजार ४ सय ५५ मत प्राप्त गरे। स्वतन्त्रबाट मेयरका उम्मेदवार उमेश यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गरे । यस्तै राप्रपाका प्रह्लाद साहले ५ हजार २ सय १६ मत प्राप्त गरे।
कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया विजयी भएका छन्।
इलामको सूर्याेदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन्।
गाउँपालिकाका अध्यक्षमा इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तिदेवी श्रीवास्तव निर्वाचित भएका हुन्। शाह गाउँपालिकाको निर्वतमान अध्यक्ष र श्रीवास्तव निवर्तमान उपाध्यक्ष हुन्।
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३९ मत पुर्याएका हुन्।
भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले ५ हजार बढीको मतान्तर बनाएकी छिन्।
जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्।
कांग्रेसका सबै कार्यकर्ताले धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई मतदान नगर्दा हार्नुपरेको ती दलको गुनासो छ। यसबाट गठबन्धनमा हार्दिकता खलबलिएको संकेत मिलेको छ।
मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। शनिवार पछिल्लो मतपरिणाम अनुसार बालेनले ३१ हजार १५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्।
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४२ मत पुर्याएका हुन्।
कांग्रेस सँगको तालमेल सफल नभएपछि उनले एमाल सँग तालमेल गर्दापनि जसपा उम्मेदवारलाई माओवादी उम्मेदवारले मेयरमा पराजित गरे। माओवादी उम्मेदवार बिवस चिन्तन मेयरमा बिजयी बने। जसपाले पालुङटारमा तीनवटा वडा मात्रै जित्यो।
नगरप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका शमशेर लामाले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई ४७३ मतले पराजित गरेका हुन्। लामाले १२ हजार ५२४ मत प्राप्त गर्दा कँडेलले १२ हजार ५१ मत प्राप्त गरे।
रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित नगर प्रमुख रिनाकुमारी साहले मौलापुर नगरपालिका ९ सोनरनियामा दलित बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेकी हुन्।
मधेस आन्दोलनका चर्चित अनुहार राजेन्द्र महतोको गाउँमा लोसपाको नराम्रो पराजय भएको छ। राजेन्द्र महतोको वडा र पालिकाका नेपाली काँग्रेसले जित हासिल गरेको छ।
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।
कर्णालीका चार पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्। स्वतन्त्र उम्मेदवारहरु विजयी भएसंगै जनताहरुमा आशा भरोसा बढेको देखिन्छ।