२० मंसिर २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

जानकीमा नागरिक उन्मुक्तिको जित

कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया विजयी भएका छन्।

नवनिर्वाचित अध्यक्ष चौधरीले ७हजार १५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाएका छन्। एमालेका टेकबहादुर बमले ४ हजार २४१ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा निर्वाचित कठरियाले ६ हजार ५६२ मत पाएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी गीता चौधरीले ४ हजार ८५८ मत पाएकी छन्। त्यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रकाजयप्रकाशदहितले ४ हजार ५४८ मत पाएका छन्।

गाउँपालिकाको नौवटा वडा मध्ये नागरिक उन्मुक्तिले ५ र नेकपा एमालेले ४ वटामा जितेको छ। नागरिक उन्मुक्तिका तर्फबाट वडा न ३ मा सुरेशकुमार चौधरी, वडा न ४ मादिपेन्द्रकुमार कठरिया, वडा न ५ माभिमबहादुर चौधरी, वडा न ६ माइन्द्र चौधरी र वडा न ७माकमलमहतौ विजयीभएका छन्।  

त्यस्तै एमालेकातर्फबाट वडा न १ मा सुरेशकुमार चौधरी, वडा न २ माचक्र बिष्ट, वडा न ८ मातिर्थराजउपाध्याय र वडा न ९ मा खकेन्द्र भण्डारी विजयीभएको निर्वाचनअधिकृतको कार्यालयले जानकारी दिएको छ।

मुख्य गरी काँग्रेस,माओवादी केन्द्र र नेकपाएकिकृत समाजवादी बीच भएको गठबन्धनले गाउँपालिकामा कुनै खाता खोल्न सकेन।

प्रकाशित: ७ जेष्ठ २०७९ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App