coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

५ हजार भन्दा बढी मतले दाहालकाे अग्रता

भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले ५ हजार बढीको मतान्तर बनाएकी छिन्।

भरतपुर महानगरपालिकाको ६९ हजार ६१२ मत गणना हुँदा दाहालले ५  हजार १८ मतले अघि छन्।   ताजा अवस्थामा सत्ता साझेदर गठबन्धनकी उम्मेदवार दाहालले २७ हजार ७८ मत प्राप्त गरेकी छन्। दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन्।

१०, ११ र १२ मा एमालेले राम्रो मत ल्याउने अपेक्षा गरेपनि सोचेअनुसार ल्याउन सकेन। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले ९हजार ४१४मत प्राप्त गरेका छन्।  

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निरन्तर अगाडि बढेका छन्। उनले २९ हजार १३२ मत प्राप्त गरेकी छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले १७  हजार १३२ मत ल्याएकी छन्।

२९ वडा रहेको भरतपुरमा १४ वटा वडा गनेर सकिएको छ। अहिले १५ र १६ नम्बर वडाको मत जारी छ। अब २१ नम्बर वडासम्म नेपाली कांग्रेसको प्रभाव रहेको वडा मानिन्छ। त्यसपछिका वडाहरूमा  कांग्रेस, एमाले, माओवादी र राप्रपाको मिश्रित प्रभाव छ।

प्रकाशित: ७ जेष्ठ २०७९ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App