भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबिए) पाँचौं केभिकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
भ्याली पब्लिकले आयोजक केभिकेएसएस ‘ए’ लाई २३–१४ ले पराजित गर्यो। भ्याली पब्लिककी दृश्य गुरुङले १० स्कोर गरिन्। भ्याली पब्लिककी सोनी तामाङ ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्। इबिएले ल्यान्डमार्क एकेडेमीलाई १९–११ ले हरायो। इबिएकी मेनुका मगरले ८ अंक जोडिन्। इबिएकी अनामिका पटेल ‘प्लेयर अफ दी म्याच’ चुनिइन्। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।
प्रकाशित: १६ माघ २०८२ ११:२० शुक्रबार





