१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चितवन १ र २ को मतगणना सुरु

चितवनको क्षेत्र नम्बर १ र २ मा मतणना सुरु भएको छ। आज बसेको सर्वदलिय बैठक सकेपछि चितवनका दुई निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो।

बर्दियाको १ र २ निर्वाचन क्षेत्रमा मतगणना सुरु

बर्दियाको १ र २ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। निर्वाचन क्षेत्र १ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सजय गौतम छन्।

बाँके क्षेत्र नम्बर-२ मा मतगणना सुरु

यहाँ जसपाका ईश्तियाक राई, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा छ।

मोरङमा मतगणना सुरू

मोरङको क्षेत्र नम्बर ४,५ र ६ को मतगणना विराटनगर स्थित आदर्श माविमा सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।

सुनसरी क्षेत्र नं १ को मतगणना १ बजेदेखि सुरु हुने

धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल र स्वतन्त्र उम्मेदवार एवं प्रतिनिधिहरुको सर्वपक्षीय छलफलले दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

झापा २ मा मतगणना सुरु

आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए।

स्थानीय निर्वाचनका गल्ती दोहोरिए सत्ता गठबन्धनलाई चुनाव जित्न गाह्रो

स्थानीय तहको निर्वाचनमा देखिएको गठबन्धनको यो बेमेललाई सुधारेर आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई थप मजबुत बनाएर लैजाने निर्णयमा गठबन्धनमा आवद्ध दलहरु पुगिसकेका छन्। केन्द्रमा बनेको गठबन्धनको कार्यदलले नै उम्मेदवार टुंगो लगाएर सीट बाँडफाँड गरिने भएपनि व्यवहारतः गठबन्धन कति कसिलो बन्ला?

महानगरमा नयाँ मेयर राजेशमान उपमेयर इम्तियाज आउने पक्का

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको नयाँ नगरप्रमुख (मेयर)मा पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह हुने निश्चित भएको छ।

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।

मतपेटिकामा सिल नभेटिएपछि गणना स्थगित

गोरखाको पालुङटार नगरपालिकाको मतगणना रोकिएको छ। पालुङटार– ६ को मतगणना गर्ने क्रममा एउटा बुथको मतपेटिकामा सिल नभएको भेटिएपछि गणना स्थगित भएको हो।

बैतडीमा मिश्रित नतिजा

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो।

नवनिर्वाचित वडा अध्यक्ष भन्छन्: जनताको सेवक भएर काम गर्छौ

वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि कमलामाई नगरपालिका ३ का खड्ग चौलागाई वडालाई पर्यटकीय क्षेत्र बनाउन आफू लाग्ने बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्