२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोरङमा मतगणना सुरू

मोरङमा मतगणना सुरू भएको छ। मोरङको क्षेत्र नम्बर ३,४,५ र ६ को मतगणना विराटनगर स्थित आदर्श माविमा सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए।  ३ को बेलबारीमा मतगणना  थालिएको छ।

मोरङको क्षेत्रनम्बर ४ मा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धनबाट नेकपा माओवादीका  अमनलाल मोदी उमेदवार छन्। यस्तै नेकपा एमालेबाट विनोद ढकाल उमेदवार छन्। यस्तै मोरङ ५ मा सत्तारुढ गठन्धनबाट नेकपा माओवादीका शिवकुमार मण्डल , जसपाका राजकुमार यादव र स्वतन्त्रबाट योगेन्द्र मण्डल उमेदवार छन्।  

क्षेत्र नम्बर ६ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका डा शेखर कोइराला र नेकपा एमालेका लालबाबु पंडितबीच प्रतिस्पर्धा छ।  

प्रकाशित: ५ मंसिर २०७९ ०७:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App