१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पक्राउ पर्दा किल्ला जस्तो सुरक्षित घरमा थिए मादुरो दम्पती

अमेरिकी सेनाले पक्राउ गर्दा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस किल्ला जस्तो सुरक्षित घरमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

ट्रम्पका अनुसार मादुरो राष्ट्रपति भवनमा थिए, जुन किल्ला जत्तिकै सुरक्षित थियो। त्यहाँ पूर्णतया स्टीलले बनेको पर्खाल भएको विशेष सुरक्षित कोठा थियो। मादुरो त्यो कोठामा प्रवेश गर्न खोजिरहेका थिए, तर अमेरिकी सेनाहरू यति छिटो भित्र पसे कि उनले ढोका बन्द गर्न सकेनन्।

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल डान केनका अनुसार अपरेशन महिनौंसम्म पूर्वाभ्यास गरिएको थियो। अमेरिकी सेनालाई मादुरोले के खान्थे, कहाँ बस्थे, उनका घरपालुवा जनावर र उनको लुगाफाटादेखि सबै कुरा थाहा थियो। उनीहरूले अभ्यासका लागि मादुरोको घरको नक्कल पनि बनाएका थिए।

ट्रम्पले अपरेशन पूर्ण अँध्यारोमा गरिएको थियो। अमेरिकी सेनालाई फाइदा दिन काराकास शहरको बत्तीहरू निभाइएको थियो। आक्रमणका क्रममा कम्तिमा सातवटा विस्फोट सुनिएका थिए। सम्पूर्ण अपरेशन ३० मिनेटभन्दा कम समयमा सकिएको थियो।

ट्रम्पले खराब मौसमका कारण अपरेशन चार दिनका लागि स्थगित गर्नुपरेको बताए। उनले बादल हट्ने र अवस्था सुधार हुने बित्तिकै अपरेशन सुरु गरिएको उल्लेख गरे।

प्रकाशित: २० पुस २०८२ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App