२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

देशभर पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको प्रभाव रहेको छ। यसका कारण पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

आज पनि तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। त्यस्तै कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

बाँकी भूभागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: २० पुस २०८२ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App