८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

बैतडीमा मिश्रित नतिजा

क्याप्शन

मतगणना सम्पन्न भएका बैतडीका स्थानीय तहमा मिश्रित नजिता आएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको मिश्रित नतिजा आएको हो। प्रमुख एउटा पार्टी र उपप्रमुख अर्को पार्टीबाट निर्वाचित भएका छन्। पञ्चेश्वर गाउँपालिकामा मात्रै एमालेका अध्यक्ष/उपाध्यक्ष निर्वाचित भएका छन्। कांग्रेसले अध्यक्ष जितेका दुई स्थानीय तहमा एमाले उपाध्यक्ष जितेको छ भने माओवादीले मेयर जितेको पालिकामा कांग्रेसले उपमेयर जितेको छ।

शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन्। उनले ३ हजार १ सय ६५ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका हजारीसिंह साउँदले २ हजार ८ सय ४९ मत पाए।

यस्तैगरी उपाध्यक्षमा एमालेका शकुन्तला साउँद २ हजार ८ सय १७ मत ल्याई विजयी भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरेन्द्र साउँदले २ हजार ६ सय ९९ मत ल्याए। यो गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए।

यस्तै पञ्चेश्वर गाउँपालिकामा एमालेका गोरखबहादुर चन्दले ३ हजार ७ सय २ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रमेशसिंह भण्डारीले २ हजार ४ सय ८ मत ल्याए। उपाध्यक्षमा एमालेकै विणा भट्टले ३ हजार ६४ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका राजेन्द्रबहादुर चन्दले २ हजार ५ सय मत ल्याए। यो गाउँपालिकामा कांग्रेस र समाजवादीले गठबन्धन गरे पनि एमालेका उम्मेदवारले बाजी मारे। विजयी दुवै जना २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि सोही पदमा विजयी भएका थिए।

सिगास गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। अध्यक्षमा नेपाली कांग्रेसका हरिसिंह धामी विजयी भएका छन्। ३ हजार ४ सय ४९ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका जस्वीरसिंह बोहराले १ हजार ८ सय मत पाए।

यस्तै उपाध्यक्षमा एमालेका धाना धामी २ हजार ९ सय ३९ मत ल्याई विजयी भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका सुमित्रा ऐरले २ हजार ६ सय ९ मत ६ ल्याए। यो गाउँपालिकामा अध्यक्षमा निर्वाचित धामी यसअघि पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भूकम्प) विजयी भएका छन्। गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको नगरपालिकामा माओवादीका चन्दले जितेका हुन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन्। मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत पाए भने उनका निकटम प्रतिस्पर्धी एमालेका नायकले २ हजार ३ सय ७६ मत पाए।

उपमेयरमा कांग्रेसकी पार्वती बोहरा विष्ट विजयी भएकी छिन्। उनले २ हजार ९ सय २७ मत ल्याइन भने निकटम प्रतिद्वन्द्वी एमालेकी हेमन्ती नायकले २ हजार ४ सय ८ मत ल्याइन्।

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर कुँवर विजयी भएका छन्। नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्। उनले २ हजार ३ सय ५० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका विष्टले २ हजार ३ सय २४ मत पाएका छन्।

उपाध्यक्षमा भने कांग्रेसकी मञ्जु बोहरा विजयी भएकी छिन्। राप्रपाका देवबहादुर चन्दलाई पराजित गर्दै बोहरा विजयी भएकी हुन्। उनले २ हजार १ सय ३२ मत ल्याइन्। निकटतम प्रतिस्पर्धी चन्दले १ हजार ९ सय ४१ मत पाए।  

प्रकाशित: ३ जेष्ठ २०७९ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App