२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चितवन १ र २ को मतगणना सुरु

चितवनको क्षेत्र नम्बर १ र २ मा मतगणना सुरु भएको छ। आज बसेको सर्वदलिय बैठक सकेपछि चितवनका दुई निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको हो।  

चितवनको क्षेत्र नम्बर १ मा बिहान ११ बजेदेखि मत गणना सुरु गर्ने सहमति भए पनि तीन घण्टापछि मात्रै पूर्वी चितवनको खैरहनी माविमा मतगणना सुरु भएको हो। यहाँ कांग्रेसका विश्वनाथ पौडेल, एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, राप्रपाका मधुपकुमार भट्टराई प्रतिस्पर्धी छन्।  

यस्तै चितवन क्षेत्र नम्बर दुईका मतगणना चितवन उद्योग संघका हलमा सुरु भएको छ। १ बजेपछि सुरु गर्ने भनिएपनि सवा दुईबाट गणना गर्न थालिएको छ। यस क्षेत्रबाट राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका २० जना चुनावी मैदानमा छन्। तीन नम्बरको पनि मतगणना गर्ने तयारी गरिएको छ।

प्रकाशित: ५ मंसिर २०७९ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App