९ आश्विन २०८१ बुधबार
image/svg+xml

कुबेतबाट फर्किएका नौ महिलासहित सिन्धुमा एकै दिन थपिए १८ संक्रमित

नौ दिनअघि कुबेतबाट उद्धार गरी स्वदेश फर्काइएका नौ महिलासहित सिन्धुपाल्चोकमा एकै दिन १८ जना कोरोना संक्रमित थपिएका छन्। बाहुनेपाटी क्वारेन्टिनमा बस्दै आएका १३ र मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा रहेका पाँच जनामा कोरोना संक्रमण भेटिएको हो।

दाङमा कोरोना परीक्षणको गति बढ्यो

दाङमा कोरोना परीक्षणको दायरा बढेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण मेशिन थप भएसंगै परीक्षणको दायरा बढेको हो । प्रतिष्ठानका कायममुकायम रपजष्ट्रार कैलाश देवका अनुसार अब दिनहुँ १ हजार जनासम्मको स्वाब परीक्षण हुने छ ।

‘न्यु नर्मल’ तिर लम्किँदा

कोरोना विषाणुविरुद्ध हाम्रो मुलुकले गरेका काममा भने धेरै आशावादी हुन सकिएको छैन। यो आम असन्तुष्टि मात्र होइन,प्रधानमन्त्री केपीशर्मा ओलीसमेत सन्तुष्ट हुननसकेको तथ्य सार्वजनिक भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नियन्त्रण समितिका काम प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्दै निष्क्रिय राख्ने निर्णय गर्नुपरेको छ।

घरधनीको दबावले कोरोना परीक्षण, अस्पतालमा भीड

कोभिड १९ को जोखिमयुक्त क्षेत्रमा काम गर्ने व्यक्तिले कोरोना परक्षिण गर्छन्। कोही कोरोनाकै लक्षण देखिएर परीक्षण गर्न खोज्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने घरबेटीको लागि कोरोना परीक्षण गराउन जानेको भीड नै लागेको छ। सरकारले लकडाउन खुकुलो गरेपछि अस्प्तालमा गैरकोरोना विरामीको भीड नै लागेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए।

३० हजारभन्दा बढीको स्वाब परीक्षण बाँकी

दोस्रो पिसिआर परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट छ दिनसम्म पनि नआएपछि क्वारेन्टिनमा बसेकाहरू आन्दोलित भए। क्षमताभन्दा बढी स्वाब संकलन भएर परीक्षणका लागि आएपछि व्यवस्थापनमा समस्या देखिएको छ।

आइसोलेसन बेड तयार नहुँदा संक्रमित क्वारेन्टिनमै

बिहिवार थपिएका ११ जनासहित गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाका एक महिलासहित ७ जना र शहिद लखन गाउँपालिकाका चार जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

कर्णालीमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए

कर्णालीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट बिहीबार मात्रै एक सय २० जनामा कोरोना पुष्टि भएको हो ।

औषधि अभावले रोकियो परीक्षण

विराटनगरस्थित कोसी अञ्चल अस्पतालको ल्यावमा प्रयोग हुने औषधि अभाव भएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब परीक्षण रोकिएको अस्पतालले जनाएको छ ।

३ महिने शिशुसहित कपिलवस्तुमा थप १६ जनामा कोरोना

कपिलवस्तुमा ३ महिने शिशुसहित १६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै जिल्लामा संक्रमितको संख्या ६ सय ७३ पुगेको छ । जिल्लाका मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र वाणगंगा नगरपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कोरोनाको महामारीले योजना अधुरै

कोरोना भाइरस (कोभिड—१९) को महामारीले विराटनगर–धरान सडकको अधिकतर खण्ड असारसम्म कालोपत्रे गर्ने योजना पूरा नहुने भएको छ । चीन र भारतसँगको सोझो ‘लिङ्क’ को रुपमा विस्तार भइरहेकोे सडक विस्तारमा योजना अनुसारको काम पूरा नहुने भएको हो ।

प्रधानमन्त्रीको प्रश्न : इनअफ इज इनअफ के हो त्यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण नियन्त्रण र रोकथाम प्रभावकारी नभएको, सामाना खरिदमा भ्रष्टाचार भएको तथा परीक्षण सम्बन्धी सरकारको कार्यनीतिको विरोधमा हुदै आएको विरोध प्रर्दशन प्रति पनि कटाक्ष गरेका छन्।

फागुनसम्म कोरोना नियन्त्रणमा आउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आगामी फागुनसम्ममा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आउने बताएका छन्।

प्रदेश ५ मा नमुनाको चाङ, ७ हजार ९ सय ९९ स्वाब क्युमा

प्रदेश नं. ५ मा संक्रमितको संख्या हरेक दिन थपिदों छ। भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नेको संख्या बुधबारसम्म २६ हजार १६७ छ। प्रदेश र केन्द्र सरकारले परीक्षणकालागि नमुना संकलन गर्न चाहिने भिटिएम प्रयाप्त उपलब्ध नगराएपछि अधिकाँस स्थानीय तहले भिटीएम किट आफै किनेर नमुना संकलन गरिरहेका छन्। तर त्यसको अनुपातमा परीक्षणको दायरा बढेको छैन।

उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यका ६ जना सहित थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेशर गौतमका अनुसार आज थपिएका सगैं संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको बताए । उनका अनुसार उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा तीन जना, काठमाडौंमा दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

मान्छे काममा लागेका छन्, कसैलाई खर्चको हिसाव चाहिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच हावी भएको बताएका छन्। बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्