१६ चैत्र २०८० शुक्रबार
समाज

उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यका ६ जना सहित थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेशर गौतमका अनुसार आज थपिएका सगैं संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको बताए ।  

उनका अनुसार उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा तीन जना, काठमाडौंमा दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो । आजसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित: ४ असार २०७७ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App