११ पुस २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोशी प्रदेशका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

नेपाल चिकित्सक संघ कोशीले भोलि (शुक्रबार)देखि कोशी प्रदेशका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ । 

आवासीय चिकित्सकहरूको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै संघले बिहीबार (आज) रातिसम्ममा माग पूरा नभए शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो ।  

संघले आज मोरङमा र्‍याली र विरोध प्रदर्शनसहित प्रुमख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । संघको शनिहाटस्थित कार्यालयबाट सुरु भएको र्‍याली मोरङ जिल्ला प्रशासन कार्यालयसम्म पुगेपछि धर्नामा परिणत भएको थियो ।  

कार्यक्रममा संघका अध्यक्ष डा.राजेन्द्र चौधरी, महासचिव डा.बालकृष्ण साह, तथा अन्य पदाधिकारीहरूसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरहरूको उपस्थिति रहेको थियो । 

ज्ञापनपत्रमा आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा सुविधा अनुरूप निर्वाह भत्ता प्रदान गर्ने निर्णय निजी मेडिकल कलेजहरूमा समेत लागू गर्नुपर्ने, चिकित्सकहरूको कार्यसमय सम्बन्धी स्पष्ट र व्यावहारिक मापदण्ड निर्माण गर्नुपर्ने र । देशभरका चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने  उल्लेख छ ।  

प्रकाशित: ११ वैशाख २०८२ १९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App