१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोरोनाबाट एकै दिन आठजनाको मृत्यु

सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा थपिएका छन्। यो प्रदेशमा मात्र २ सय ३५ संक्रमित थपिएका छन्। त्यसमा पनि मृत्यु हुनेको संख्या काठमाडौंमा मात्र सबैभन्दा बढी १ सय ५९ रहेको छ।

कोभिड १९ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड सात लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

कोरोना अपडेटः विश्वमा सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन्।

कोरोना अपडेटः विश्वमा नौ लाख ३२ हजार भन्दा बढीको मृत्यु

सङ्क्रमितहरु मध्ये ६० हजार ७९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

कोरोना अपडेटः विश्वभर आठ लाख ८७ हजार भन्दा बढीको मृत्यु

अमेरिकामा ६४ लाख ६० हजार ४२१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यहाँ ३७ लाख २६ हजार ९९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार २५३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

कोरोना अपडेटः विश्वमा आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ।

कोरोना अपडेटः विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ५६ लाख नाघ्यो

विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ।

कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट

मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।

रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।

शुक्रबार ४२६ जना नयाँ संक्रमित थपिए

शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।

कर्णालीमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिए

कर्णालीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट बिहीबार मात्रै एक सय २० जनामा कोरोना पुष्टि भएको हो ।

उपत्यकामा ६ जना सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा उपत्यका ६ जना सहित थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेशर गौतमका अनुसार आज थपिएका सगैं संक्रमितको संख्या सात हजार आठ सय ४८ जना पुगेको बताए । उनका अनुसार उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये भक्तपुरमा तीन जना, काठमाडौंमा दुई जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकाका पाँच जना सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जनाएकाे छ । याे सँगै कुल संक्रमितको संख्या ६ हजार दुई सय ११ जना पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्