४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

जुम्लामा पुग्यो मतपत्र

प्रतिनिधिसभा निर्वाचनका लागि जुम्लामा मतपत्र आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जुम्ला पुगेको जानकारी दिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार मतपत्र पेटीमा आइपुगेको जानकारी दिँदै आवश्यक व्यवस्थापनको काम भने बाँकी रहेको बताए । फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ रहेको छ।  

मतदाता संख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र पठाइने प्रचलनअनुसार केही बढी मतपत्र आइपुगेको कार्यालयले जनाएको छ।  

निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्रसहित जिल्लाभर १ सय ८ वटा मतदान केन्द्र तोकिएको छ। ती केन्द्रमा ६ सय ४८ जना कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। 

प्रकाशित: ४ फाल्गुन २०८२ २०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App