९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दाङमा कोरोना परीक्षणको गति बढ्यो

दाङमा कोरोना परीक्षणको दायरा बढेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण मेशिन थप भएसंगै परीक्षणको दायरा बढेको हो । प्रतिष्ठानका कायममुकायम रपजष्ट्रार कैलाश देवका अनुसार अब दिनहुँ १ हजार जनासम्मको स्वाब परीक्षण हुने छ ।

यसअघि एउटा मात्रै मेशिन हुँदा परीक्षणको गति निकै सुस्त थियो । ‘एउटा मात्रै मेशिन हुँदा परीक्षणको गति निकै सुस्त बनेको थियो,’ देवले भने ‘नयाँ थप एउटा मेशिन जडान भएपछि गती बढेको छ ।’

साविक राप्तीका पाँच जिल्ला तथा बाँके,बर्दिया, कपिलवस्तु लगाएतका जिल्लाबाट पनि परीक्षणका लागि स्वाब आउने भएकाले एउटा मेशिनले मात्रै परीक्षणको गति बढाउन सकेको थिएन ।

प्रतिष्ठानले गत वैशाख पहिलो साता देखि कोरोना परीक्षण सुरु गरेको थियो । अहिलेसम्म प्रतिष्ठानले ८ हजार बढीको स्वाब परीक्षण गरिसकेको छ । चार हजारको स्वाब परीक्षणको क्रममै रहेको प्रतिष्ठानले जनाएको छ ।  

 

 

प्रकाशित: ५ असार २०७७ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App