१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

‘न्यु नर्मल’ तिर लम्किँदा

मुलुकमाअसार १ देखि बन्दाबन्दीको अवस्थाक्रमशःखुकुलो भएपछि जीवन सामान्यलयतिर फर्कन खोज्दैछ। सडकमा गाडीको भीडभाड देखिन थालेको छ। पसल, कार्यालय र सडकमा मानिस व्यस्त देखिन थालेका छन्। कोरोना विषाणुविरुद्ध बन्दाबन्दी खोलेपछि ‘न्यु नर्मल’अर्थात नव सामान्य अवस्थातिर उन्मुख हुँदा सावधानी उत्तिकैआवश्यक छ। सावधानीका उपाय अवलम्बन नगर्ने हो भने कोरोना विषाणु संक्रमण नयाँ ढंगले फेरि फैलने छ। झण्डै तीन महिना लामो बन्दाबन्दीमा बसिसकेको नेपालले त्यहीअवस्थामा आफूलाई राखिरहन सक्ने अवस्था थिएन। सामान्य अवस्थातर्फ फर्कन सबैको आग्रह भएको पनि हो। तरयही सामान्य अवस्थाअसामान्य हुने दिशा उन्मुख पनि हुन सक्छ।  

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले असार महिनाभित्र संक्रमित संख्या ४० हजार पुग्ने प्रक्षेपण गरेको छ। कोरोना विषाणु संक्रमण बुधबारसम्म ७ हजार १ सय ७७ लाई भइसकेको छ। त्यसमध्ये निको भइसकेका १ हजार १ सय ६७ छन्। संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ठूलो संख्या निको भइरहेको स्थितिमाआशावादी हुँदै सावधानी साथ सामान्य अवस्थामा जाने नै हो। तैपनि संक्रमण ठूलो संख्यामा देखिनुको अर्थ मृत्यु पनि त्यहीअनुपातमा हुन्छ भन्ने हो। यो जोखिम कसरी न्यूनगर्न सकिन्छ भन्ने अहिलेको प्रश्न हो। वास्तवमा हाम्रा सीमित सुविधा भएकाअस्पतालले अधिकांशलाई निको तुल्याएर घर फर्काइरहेका छन्। यसकारण सकेसम्म संक्रमण हुनै नदिने, भइहाले उपचारको यथोचित व्यवस्था गरी घर फर्काउने र रोग प्रतिरोध क्षमता सामूहिक रूपमा बढाउने (हर्ड इम्युनिटी) हासिल गर्ने तर्फ सक्रिय हुनु नै अहिलेको विकल्प हो।  

कोरोना विषाणुले हाम्रो जीवनमा यतिबेला गम्भीर असर पारेको छ। तत्कालै हाम्रो जीवनबाट यो हराएर जाने लक्षण देखिएको छैन। केही समयका निम्ति यो नियन्त्रित भएपनि नयाँ रूपमा फेरि संक्रमण फैलिन थाल्छ। चीनको बेइजिङमाअहिले यो संक्रमणको अर्को लहर आउनुलाई पनि उदाहरणका रूपमा लिन सकिन्छ। त्यहाँ जनजीवन सामान्य अवस्थातर्फ उन्मुखहुँदै गर्दा फेरि यो आपत्आइलागेको हो। त्यसैले बन्दाबन्दीको अवस्थाबाट सामान्यतर्फ उन्मुख भएपनि फेरि बन्दाबन्दीमा पर्न सक्ने अवस्था आउन सक्छ। यो स्थितिलाई अबजीवनको नियमित आकस्मिकताकै रूपमाअंगीकार गर्नुपर्ने देखिँदैछ। त्यसकारण पनि कोरोना विषाणु संक्रमणको खतरालाई ध्यानमा राखेर हाम्रो जीवनशैलीमा सुधार गर्नुको विकल्प देखिँदैन। भीडभाडमा जाँदा मास्क लगाउने, हात धुने, स्यानिटाइजर आदिको प्रयोग गर्ने, सफासुग्घर रहने, शरीरको प्रतिरोध क्षमता बलियो बनाउने जस्ता पक्षलाई जीवनको अभिन्न अंगबनाउनुको विकल्प छैन।  

कोरोना विषाणुविरुद्ध हाम्रो मुलुकले गरेका काममा भने धेरै आशावादी हुन सकिएको छैन। यो आम असन्तुष्टि मात्र होइन,प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सन्तुष्ट हुननसकेको तथ्य सार्वजनिक भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नियन्त्रण समितिका काम प्रति प्रधानमन्त्रीओलीले असन्तुष्टि व्यक्त गर्दै निष्क्रिय राख्ने निर्णय गर्नुपरेको छ।

हामीकहाँ बन्दाबन्दी केही खुकुलो हुनुको अर्थ यो नियन्त्रणमा आइसकेको भन्ने अर्थमा लिनु हुँदैन। तर अहिले केही व्यक्तिले यसलाई सामान्य अवस्थाका रूपमा चित्रण गर्न थालिसकेका देखिन्छ। मास्क नलगाई हिँड्ने गरेको अहिले देखिन थालेको छ। मास्क लगाइहाले पनि चिउँडोमा मात्र लगाउने गरेका दृश्य पनि पर्याप्त छन्। भीडभाड नगर्ने र सकेसम्म आफूलाई सुरक्षित राख्नेतर्फ ध्यान हुनुपर्छ। कोरोना संक्रमणले बलियाबाङ्गा व्यक्तिलाई खासै असर नगर्ने देखिए पनि यो अन्य कमजोर व्यक्तिमा सर्दा क्षतिहुन सक्छ। त्यसका निम्ति पनि ध्यान पु-याउनु उचित हुन्छ। व्यक्तिको मनमाअरूलाई समेत यो संक्रमण हुननदिने प्रतिबद्धता आवश्यक छ। धेरै व्यक्तिएक साथ संक्रमित भएमा उपचारका सुविधाअपुगहुन सक्छन्। त्यसमाअनाहकमा राज्यको धेरै खर्चसमेत हुन्छ। अतःयसलाई जिम्मेवारीबोधका साथलिनु पनि व्यक्तिको कर्तव्य हो।  

कोरोना विषाणुविरुद्ध हाम्रो मुलुकले गरेकाकाममाभने धेरै आशावादीहुन सकिएको छैन। यो आमअसन्तुष्टि मात्रहोइन,प्रधानमन्त्री केपीशर्मा ओलीसमेत सन्तुष्ट हुननसकेको तथ्य सार्वजनिकभएको छ। उपप्रधानतथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नियन्त्रण समितिका कामप्रति प्रधानमन्त्रीओलीले असन्तुष्टि व्यक्त गर्दै निष्क्रिय राख्ने निर्णय गर्नुपरेको छ। वास्तवमा प्रधानमन्त्रीओलीले कोरोना संक्रमणविरुद्ध सक्रियहुन यो समितिलाई शक्तिशाली बनाएका पनि हुन्। स्वाभाविक रूपमा यसले राम्ररी कामगर्न नसक्दाअन्ततःप्रधानमन्त्रीलाई जोडेर आलोचना हुने गरेको हो।  

धेरै मुलुकमा कोरोना विषाणुविरुद्धको लडाइँमा प्राप्त सफलता वाअसफलतासँग त्यसलाई नियन्त्रण गर्न सक्रिय नेतृत्वको भूमिका प्रमुख देखिएको छ। केहीअध्ययन र उदाहरणले महिला नेताहरू सक्रियभएकामुलुकमाकोरोनाविरुद्धको सक्रियता बढ्ताउपयोगी देखिएको छ। जुनमुलुकको नेतृत्वअधिनायकवादी र अहंले मैमत्त छ, त्यहाँयसको संक्रमण अरू भयाबहअवस्थामापुगेको छ। वास्तवमा कोरोना विषाणुविरुद्ध मुलुकमा सक्रिय रहेका नेताहरूका निम्ति यो ठूलो अवसर पनि हो। यसले तिनको नेतृत्व क्षमतालाई आमजनमानसमा स्थापित गर्छ। हाम्रो सन्दर्भमा नेतृत्वले अवसर गुमाएको छ। कोरोनाविरुद्ध सक्रिय रहेका र सफलता प्राप्त गरेका नेताकाअनुभवलाई समेत हाम्रो नेतृत्वले पाठका रूपमालिन सक्थ्यो, त्यसतर्फ ध्यानदिएको देखिएन। अझै पनि मौका छ। ‘न्यु नर्मल’तिरको यात्रालाई सहज बनाउन नेतृत्वले सशक्त भूमिका खेल्न सक्छ। अहिलेसम्मका कमजोरीबाट सिक्दै मुलुकलाई गतिशील बनाउन सकिन्छ। आमनागरिकमा फेरि सक्रिय रहने जाँगर देखिएको छ। त्यसैबाट फेरि अहिलेको अँध्यारो अवस्था हटेर जानसक्छ।

प्रकाशित: ५ असार २०७७ ०४:३९ शुक्रबार

Download Nagarik App
Download Nagarik App