नेपाली कलालाई विश्वमाझ चिनाउन ‘आर्ट इन हिमालय’ प्रदर्शनी
पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ। सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।

