९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

३ महिने शिशुसहित कपिलवस्तुमा थप १६ जनामा कोरोना

कपिलवस्तुमा ३ महिने शिशुसहित १६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै जिल्लामा संक्रमितको संख्या ६ सय ७३ पुगेको छ । जिल्लाका मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र वाणगंगा नगरपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।  

जिल्लाको भारतीय सीमावर्ती मायादेवी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा वडा नं. का १८ देखि ३५ वर्ष उमेर समूहका ५ जना पुरुष रहेका छन् भने २५ वर्षीया एक जना महिला रहेकी छिन् । वडा नं. २ का ४० वर्षीय पुरुष र वडा नं. ८ का ३५ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । शिवराज नगरपालिकाका २ बालक एक महिलासहित ७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा वडा नं. ७ का एक तीन महिने शिशुमा पनि कोरोना देखिएको छ । तर शिशुको आमा बुवामा भने कोरानो नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

यस्तै, सोही वडाका ९ वर्षीय बालकमा कोरोना देखिएको छ । वडा नं. ५ का २३ वर्षीय पुरुष, वडा नं. ९ का १० बर्षीय बालकसहित ३१ र ५० वर्षीय दुई पुरुष र ३८ वर्षीय एक जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिकाको वडा नं. २ का ३४ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको छ । संक्रमित मध्ये ४ सय ८ जना डिस्चार्ज भई घर फकैका छन् ।  

प्रकाशित: ४ असार २०७७ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App