९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मान्छे काममा लागेका छन्, कसैलाई खर्चको हिसाव चाहिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच हावी भएको बताएका छन्। बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरे।

उनले कोरोना नियन्त्रणका लागि खर्च भएको १० अर्ब रुपैयाँ तल पठाएर काम गरिएको बताए। स्थानीय तहमा क्वारेन्टिन बनाइएको र त्यहाँ खाना खुवाउने काम भइरहेको बताउँदै  उनले १० अर्व कहाँ गयो भनेर धेरै उचालिएको बताए। उनले भने, 'मान्छे काममा लागेका छन् यहाँ मान्छेलाई खर्चको हिसाब चाहिएको छ।' उनले परिस्थितिको अम्भिरता नबुझेको बताउँदै महालेखाले खर्चको हिसावकिताब हेर्ने बताए।

रुजु, बेरुजु अनियमितता यी सबै कुरा आउने उनले बताए। 'काममा ध्यान छैन, काम प्रतिको प्रसंसा छैन । हिसाबकिताब चाहिएको छ, खोइ पैसा भनिएको छ ,' उनले भने, 'यस्तो ठान्न भएन कि यस देशमा भ्रष्टबाहेक कोही जन्मिँदै जन्मिन्न।'  

 

 

 

 

प्रकाशित: ४ असार २०७७ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App