नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै सङ्कटमा परेको छ।
किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १८ औं ओभरको खेल चलिरहँदा नेपालले ५ विकेट गुमाएर मात्र ५५ रन बनाएको छ।
कप्तान रोहित पौडेल ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए। आरिफ शेखले १२ बलमा मात्र दुई रन जोडे।
अनिल साह १, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए। नेपालका शीर्ष तीन ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन्।
प्रकाशित: ६ आश्विन २०८१ २२:२६ आइतबार