९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

वडाअध्यक्ष ओली ८० हजार घुससहित पक्राउ

झापाको बुद्धशान्ती गाउँपालिका- २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अनारमनी झापाबाट नियन्त्रणमा लिएको हो।

वडा अध्यक्ष ओलीले सेवाग्राहीसँग जग्गा पास र लेनदेन सिफारिसका लागि ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको आयोगले जानकारी दिएको छ।

साथमा घुस दिने भारतीय नागरिक अमरनाथ चौहानलाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०८१ २२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App