९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

घरधनीको दबावले कोरोना परीक्षण, अस्पतालमा भीड

कोभिड १९ को जोखिमयुक्त क्षेत्रमा काम गर्ने व्यक्तिले कोरोना परक्षिण गर्छन्। कोही कोरोनाकै लक्षण देखिएर परीक्षण गर्न खोज्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने घरबेटीको लागि कोरोना परीक्षण गराउन जानेको भीड नै लागेको छ। सरकारले लकडाउन खुकुलो गरेपछि अस्प्तालमा गैरकोरोना विरामीको भीड नै लागेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए। 

निर्देशक भण्डारीका अनुसार परीक्षण गर्न जानेमा काठमाडौं नजिकका जिल्लाहरु  र अन्य जिल्लाबाट समेत आएका छन्। अहिले यो अस्तपालमा दैनिक ७ देखि ९ सय विरामी कोरोना परीक्षणको लागि आइरहेका छन्। एकैपटक सयौ विरामी आएपछि अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको निर्देशक भण्डारीले बताए। बुधवार थप ११ सय जना यस्ता विरामी आएको अस्पतालले जनाएको छ। 

बकाठमाडौका घरवेटीलेबीचमा आउनेलाई कोरोना नभएको प्रमाणपत्र खोजेपछि जोखिम नभएका व्यक्ति समेत परीक्षणको लागि आइरहेको पाइएको डा. राजभण्डारीले बताए। ‘न जोेखिम ठाउँबाट आएका हुन्छन्, न त कुनै लक्षण नै देखिएको हुन्छ ’ उनले भने। 

काठमाडौ नजिकका जिल्लाहरु काभे्र, भक्तपुर, ललितपुर पुगेर आउँदा पनि घरबेटीले कोरोना परीक्षण गर्न दवाव नै दिएको पाइएको चिकित्सकले जनाए। लकडाउन खुकुलो भएर उपत्यका छिर्नेको भीड विरामीहरुबाट जानकारी पाएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए। 

यसरी आउनेहरुलाई विरामीको यात्रा हिस्ट्री, लक्षणहरु हेरेर बिभिन्न समूहमा विभाजन गरेर मात्र परीक्षण गर्ने गरेको छ।  अस्पतालले लक्षण भएका र जोखिम ठाउँबाट आएकाहरुको पिसिआर परीक्षण गर्ने गरेको र बाँकीलाई परामर्श गरेर पठाउने डा. भण्डारीले बताए। पिसिआर बिधिवाट परीक्षण गर्न सवैको आवश्यक नभएको र मन्त्रालयको नियममा पनि नभएको र सवै जनताको परीक्षण गर्न खर्चको हिसावले पनि महंगो  भएकोले जोखिम रहितको परीक्षण नगरेको उनले बताए।

प्रकाशित: ५ असार २०७७ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App