९ आश्विन २०८१ बुधबार
image/svg+xml

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

कोभिडसम्बन्धी विधयेक संसद्मै अड्कियो

संसद्मा अड्किएका ५७ विधेयकमध्ये कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि हो। यो विधेयक २०७८ पछिल्लो समयमा आएर कात्तिक १६ गते राष्ट्रियसभामा दर्ता गरिएको थियो। संसद् अधिवेशन मंसिर २८ गते देखि सुरु भएको छ। सो विधेयक संसद्मा टेबुल हुनेबारे कुनै तयारी देखिएको छैन।

अब परिवारका जुनै सदस्य पनि शिक्षक बन्न पाउने, मूल्यांकन विद्यालयले गर्ने

गृह विद्यालयको अवधारणा कार्यान्वयनका लागि परिवारका सदस्यहरु जस्तै : आमा, बुबा, दाइ, दिदी, बाजे, बज्यै, पढेलेखेका अन्य सदस्य नै शिक्षक हुन सक्दछन्।

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

खोप लगाएर पनि शरीरमा एन्टिबडी नबन्ने १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले कत्ति पनि हेलचक्र्याइँ नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकले सुझाएका छन्।

तनहुँ जलविद्युत्को प्याकेज २ र ३ को काम धमाधम

तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २र ३ को काम धमाधम भइरहको छ। कोभिड १९ को जोखिमबीच पनि स्वास्थ्य सावधानी अपनाएर काम सञ्चालन गरिएको हो। प्याकेज २ अन्तर्गत भूमिगत काम भइरहेका छन्।

निषेधाज्ञामा कडाई, आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोभिड १९ को संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा आजदेखि राति ८ पछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।

जब वुहानको झल्को दियो !

विशेषतः मधुमेहका बिरामीलाई ‘कालो ढुसी’को समस्या देखिएको छ। दोस्रो लहरमा धेरै मानिस सिकिस्त भए र एस्टेरोइडजस्ता औषधि जथाभावी चिकित्सकको परामर्शबिनै प्रयोग गर्दा वा अस्पतालमै पनि लामो समय प्रयोग गर्दा ‘कालो ढुसी’को समस्या देखिँदै गएको भनिएको छ। कालो मात्र नभएर ‘सेतो ढुसी’को समेत समस्या देखिएको छ।

उदयपुरमा कोभिडबाट थप ३ को मृत्यु

कोभिड १९ को दोस्रो लहरले उदयपुरका सरकारी कार्यालय प्रमुखसहित थप ३ जनाको ज्यान लिएको छ । सदरमुकामस्थित ३४ वर्षीय एक कार्यालय प्रमुखको उपचारको क्रममा सोमबार काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो । महिला र पुरुष २ जनाको मंगलबार बिराटनगरमा उपचारको क्रममा ज्यान गएको हो ।

संक्रमणको चक्रलाई रोक्न नसके केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाँउसम्म हुने छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो संक्रमण रोकथामका लागि सबैसँग आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण रोकथामका लागि सबैले भूमिका खेल्न मन्त्रालयले आग्रह गरेको हो ।

कोभिड १९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्वारा विश्व समुदायलाई आग्रह

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।

घरधनीको दबावले कोरोना परीक्षण, अस्पतालमा भीड

कोभिड १९ को जोखिमयुक्त क्षेत्रमा काम गर्ने व्यक्तिले कोरोना परक्षिण गर्छन्। कोही कोरोनाकै लक्षण देखिएर परीक्षण गर्न खोज्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने घरबेटीको लागि कोरोना परीक्षण गराउन जानेको भीड नै लागेको छ। सरकारले लकडाउन खुकुलो गरेपछि अस्प्तालमा गैरकोरोना विरामीको भीड नै लागेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्