coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तनहुँ जलविद्युत्को प्याकेज २ र ३ को काम धमाधम

ऋषिङ गाउँपालिका - १ मा निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाको भूमिगत पावर हावस निर्माणस्थल : तस्बिरः श्रीहरि/ नागरिक

तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २र ३ को काम धमाधम भइरहको छ। कोभिड १९ को जोखिमबीच पनि स्वास्थ्य सावधानी अपनाएर काम सञ्चालन गरिएको हो। प्याकेज २ अन्तर्गत भूमिगत काम भइरहेका छन्। बर्खाको समयमा पनि काम निरन्तर भइरहेको आयोजना प्रमुख अच्यूत घिमिरेले बताए।  

‘प्याकेज २ अन्तर्गत सुरुङ निर्माणको काम भइरहेको छ। हालसम्म ४ वटा सुरुङ निर्माण सम्पन्न भएको छ,’ उनले भने। १ सय ८८ मिटर लामो केबुल टनेल, दुई सय ८० मिटर लामो मुख्य प्रवेश सुरुङ, ३१४ मिटरको बाँधतर्फ जाने नदीको दायाँतर्फ पहुँच सुरुङर ४३७ मिटर लामो सर्ज ट्यांक जाने पहुँच सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ। प्याकेज २ अन्तर्गतको कामको जिम्मा पाएको चिनियाँ सिनो हाइड्रो कम्पनीले सो सुरुङमार्ग निर्माण गरेको आयोजनाले जनाएको छ। प्याकेज २ अन्तर्गतकै भूमिगत पावरहाउस निर्माणस्थलमा काम सुरु गरिएको छ।  

व्यास नगरपालिका–५र ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको बाँधको काम थाल्न उक्त सुरुङ निर्माण अपरिहार्य थियो। भूमिगत सर्ज ट्यांक, विद्युत्गृहर बाँध तथा नदी फर्काउने काम अघि बढाउन जरुरी उक्त सुरुङमार्ग खन्ने कार्म सकिएको घिमिरेले बताए। सर्ज ट्यांक पहुँचमार्गका लागि प्राविधिक तथा इन्जिनियरहरूले सात महिनाअघि काम थालेका थिए। चिनियाँर नेपाली प्राविधिक तथा चार सयजना सुरुङ निर्माणमा खटिएका थिए। विद्युत्गृहको काम पनि चिनियाँ सिनो हाइड्रो कम्पनीले गरिरहेको छ।  

प्याकेज १ अन्तर्गतको नदी फर्काउने, बाँध निर्माण गर्ने काम सोङ दा–कालिका जेभीले गर्दैछ। नदी फर्काउने, बाँध लगायत पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि गत चैत्र ९ गते ठेक्का सम्झौता भएको छ। ठेकेदार कम्पनीले निर्माण पूर्वको तयारी गरिरहेको आयोजनाले जनाएको छ। अहिले ल्यान्डस्केपिङ, भौगर्भिक अन्वेषण, सर्भे लगायतका काम भएको आयोजनाले जनाएको छ। ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सर्त छ ।

आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युत्गृह निर्माणर हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ। ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युत्गृहका अतिरिक्त टेलरेस सुरुङको निर्माण गरिरहेको छ।  

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। हाल २६ वटा फाउन्डेसन निर्माण सकिएको छ भने टावर निर्माणको लागि प्राविधिक टोलीले तयारी गरिरहेको छ ।

आयोजनाको बाँधस्थल दमौलीनजिकैको दुले पहरामा १४० मिटर अग्लो बाँध निर्माण हुनेछ। ऋषिङको काँहुडाँडाभित्र ११ सय ६२ मिटर लामो सुरुङ निर्माण गरी सेती नदीको पानीलाई भूमिगत विद्युत्गृहमा पुर्‍याएर बिजुली उत्पादन गरिने बताइएको छ। तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली २२० केभीको डबल सर्किट प्रसारण लाइनबाट ३९ किलोमिटर परको भरतपुर पुर्‍याएरराष्ट्रिय ग्रिडमा जोडिनेछ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाखर नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ। 

प्रकाशित: ३२ श्रावण २०७८ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App